चतुरे गोलकप : पन्चमी, दानाबारी र रक्से विजयी

इलाम : इलामको माङ्सेबुङ ३ स्थित चतुरेमा जारी ‘माङसेबुङ-३ चतुरे गोलकप’ खुल्ला नकआउट फुटबल प्रतियोगितामा पन्चमी, दानाबारी चेप्टी रक्से विजयी भएका छन् ।

पहिलो खेलमा चिवुवालाई टाइब्रेकरमा ४-१ गोलको अन्तरमा पराजित गर्दै पन्चमी विजयी बन्यो । निर्धारित समयमा दुवै टिमबाट गोलरहित बराबरीमा खेल सकिएपछि टाईब्रेकरमा विजेता निर्धारण गर्नुपरेको थियो ।

दोश्रो र तेश्रो खेलका लागि भने प्रतिष्पर्धी टिम उपस्थित नभएपछि दानाबारी चेप्टी र रक्से स्वत विजेता घोषित भयो । दोश्रो खेलका लागि रेडस्टार र तेस्रो खेलका लागि माङसेबुङ २ निर्धारित समयमा उपस्थित भएको थिएन ।

बुधबार र विहीबार प्रतियोगिता स्थगित गरिएको आयोजकले जनाएको छ ।

२०७९ को शुभदिपावलीको अवसरमा ‘माङसेबुङ-३ चतुरे गोलकप’ फुटबल प्रतियोगिता आयोजक समितिले आयोजना गरेको प्रतियोगितामा इलाम र पाँचथरका २८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको फाइनल १८ कात्तिकमा हुनेछ । प्रतियोगिताका विजेताले नगद ५० हजार ७९ र उपविजेताले ३० हजार ७९ रुपैयाँका साथ ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।

विजेताको  पुरस्कार नेपाली कांग्रेस इलामका सभापति एवम् प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेद्वार डम्बरबहादुर खड्काले प्रायोजन गरेका छन् ।

त्यसैगरी उपविजेताको पुरस्कार नेकपा (माओवादी केन्द्र) का प्रदेश सचिवालय सदस्य एवम् प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (२) का गठबन्धनका उम्मेद्वार हर्कबहादुर लावती (कान्छा) ले प्रायोजन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार