इलाम : इलाम नगरपालिका ३ पुवामझुवामा आयोजित छैठौं खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि पुवामझुवा फुटबल क्ल्बले जितेको छ ।
सोमबार भएको फाइनल खेलमा जुनियर मंगोललाई ५-१ गोलले पराजित गर्दै पुवानझुवाले उपाधी चुमेको हो ।
विजेता पुवामझुवाले नगद ६० हजार पाएको छ भने उपविजेता मङ्गोलले ३० हजारमा चित्त बुझाएको छ ।
कात्तिक २ गतेदेखि संचालित प्रतियोगितामा १६ वटा टिमको सहभागिता थियो ।
आयोजक समितिका अध्यक्ष भुवानी खत्रीको अध्यक्षता तथा ईलाम नगरपालिकाका मेयर केदार थापाको प्रमुख आतिथ्यमा समापन कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतियोगिता पुवामझुवाको थलथले खेलमैदानमा संचालन भएको थियो ।