भक्तपुरको मध्यपुर ठिमीस्थित भुइचम्पा टोलका घरैपिच्छे राष्ट्रिय झण्डा

  युद्धबहादुर बोहोरा
1.2k Shares

इलामः शुभदिपावली २०७९ को पावन अवसरमा भुईचम्पा देवि टोल विकास संस्थाले सबै घरहरुमा राष्ट्रिय झण्डा फहराएको छ ।

भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका ९ नम्बर वडास्थित भुईचम्पा देवी टोल विकास संस्थाले लक्ष्मी पुजाको अवसर पारि सबै घरमा राष्ट्रिय झण्डा राखेको छ । शरद ऋतुमा पर्ने तिहार पर्व फुलै फुलको पर्व, रङ्गीचङ्गी र झिलिमिली बत्तिहरुको पर्व भएको हुनाले सबै घरहरु फुल र बत्तीले सजावट भएको बेला घरको धुरिमा राष्ट्रिय झण्डा राख्दा टोल सुन्दर देखिने तथा राष्ट्र प्रेम झल्किने उल्लेख गर्दै संस्थाले सबै घरमा राष्ट्रिय झण्डा राखेको हो । संस्थाका सदस्यहरुले व्यक्तिगत खरिद गरेर घरमा राख्दा एकै साइजको नहुने र एकरुपता नदेखिने भएकाले संस्था मार्फत खरिद गरेर सबैलाई वितरण गरिएको संस्थाका सदस्य दिपक कार्कीले जानकारी दिए ।

लक्ष्मी पुजाको दिन आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा सबैलाई झण्डा वितरण गरिएको छ । शुभदिपावली अर्थात तिहार पर्व राष्ट्रिय पर्व पनि भएको हुनाले लक्ष्मी पुजाको दिन संस्थाले राष्ट्रिय झण्डा वितरण गरेर सबैलाई प्रदान गरेकोमा स्थानीयबासी खुसी भएका छन् ।

झण्डा प्राप्त गरेपछि खुसी हुँदै सदस्य खगेन्द्र लिम्बुले राष्ट्र,राष्ट्रियता प्रति थप जिम्मेवार र उत्तरदायी बनाएको बताए ।  २०७२ सालमा गठित यस संस्थाले विभिन्न समयमा टोल सरसफाई, सरसहयोग, जनचेतनामुलक कार्यक्रम, खेलकुद तथा संस्कृतिक,सामाजिक तथा रचनात्मक कामहरु गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार