चतुरे गोलकप : सिक्तेम्बा ‘ए’, सिक्तेम्बा भेट्रान र पावा ‘ए’ विजयी

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका ३ स्थित चतुरेमा जारी ‘माङसेबुङ-३ चतुरे गोलकप’ खुल्ला नकआउट फुटबल प्रतियोगिता सोमबार तीनवटा खेल भएका छन् ।

खेलमा सिक्तेम्बा ‘ए’, सिक्तेम्बा भेट्रान र पावा ‘ए’ विजयी भएका छन्  । पहिलो खेलका लागि निर्धारित समयमा माङसेबुङ २ उपस्थित नभएपछि सिक्तेम्बा ‘ए’ स्वत विजेता घोषित भयो ।

दोश्रो खेलमा आयोजकलाई ६-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै सिक्तेम्बा भेट्रान विजयी बन्यो । तेश्रो खेलमा सिक्तेम्बा ‘बी’ लाई २-० ले पराजित गर्दै पावा ‘ए’ विजयी बन्यो ।

प्रतियोगिता अन्तर मंगलबार पनि तीनवटा खेल संचालन हुनेछन् । पहिलो खेलमा एफसीपी पन्चमी र चिबुवा, दोश्रो खेलमा रेड्स्टार र दानाबारी चेप्टी एवम् तेस्रो खेलमा रक्से र माङसेबुङ २ बिच प्रतिष्पर्धा हुनेछ

२०७९ को शुभदिपावलीको अवसरमा ‘माङसेबुङ-३ चतुरे गोलकप’ फुटबल प्रतियोगिता आयोजक समितिले आयोजना गरेको प्रतियोगितामा <span;>इलाम र पाँचथरका २८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको फाइनल १८ कात्तिकमा हुनेछ । प्रतियोगिताका विजेताले नगद ५० हजार ७९ र उपविजेताले ३० हजार ७९ रुपैयाँका साथ ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।

विजेताको  पुरस्कार नेपाली कांग्रेस इलामका सभापति एवम् प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेद्वार डम्बरबहादुर खड्काले प्रायोजन गरेका छन् ।

त्यसैगरी उपविजेताको पुरस्कार नेकपा (माओवादी केन्द्र) का प्रदेश सचिवालय सदस्य एवम् प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (२) का गठबन्धनका उम्मेद्वार हर्कबहादुर लावती (कान्छा) ले प्रायोजन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार