चतुरे गोलकप : सोमबार तीन खेल हुँदै

  नयाँ बुलन्द
889 Shares


माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका ३ स्थित चतुरेमा जारी ‘माङसेबुङ-३ चतुरे गोलकप’ खुल्ला नकआउट फुटबल प्रतियोगिता सोमबार तीनवटा खेल हुँदैछ ।

पहिलो खेलमा माङसेबुङ २ र सिक्तेम्बा ‘ए’ दोश्रो खेलमा सिक्तेम्बा ‘बी’ र आयोजक एवम् तेश्रो खेलमा सिक्तेम्बा भेट्रान र पावा ‘ए’ बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

यसअघि आइतबारको उद्घाटन खेलमा  माङसेबुङ २ (साबिक इभाङ ३) र नाचुहाङ क्लब खलङ्गेले विजयी भएका छन् ।

पहिलो खेलमा आयोजक विरुद्ध  २-१ को संघर्षपूर्ण जित निकाल्दै इभाङ विजयी बन्यो । जितका लागि इभाङका राजकुमार तामाङ र निमा तामाङले १/१ गोल गरेका थिए । उता आयोजकका तर्फबाट समीर राईले एकमात्र सान्त्वना गोल फर्काएका थिए  ।

दोश्रो खेलमा माङसेबुङ २ डाडागाउँलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले पराजित गर्दै नाचुहाङ क्लब माङ्सेबुङ ३ खलङ्गे विजयी बन्यो ।  निर्धारित समयमा दुवै टिमबाट गोलरहित बराबरीमा खेल सकिएपछि टाइब्रेकरमा विजेता निर्धारण गर्नुपरेको थियो ।
२०७९ को शुभदिपावलीको अवसरमा ‘माङसेबुङ-३ चतुरे गोलकप’ फुटबल प्रतियोगिता आयोजक समितिले आयोजना गरेको प्रतियोगितामा <span;>इलाम र पाँचथरका २८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको फाइनल १६ कत्तिकमा हुनेछ । प्रतियोगिताका विजेताले नगद ५० हजार ७९ र उपविजेताले ३० हजार ७९ रुपैयाँका साथ ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।

विजेताको  पुरस्कार नेपाली कांग्रेस इलामका सभापति एवम् प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेद्वार डम्बरबहादुर खड्काले प्रायोजन गरेका छन् ।

त्यसैगरी उपविजेताको पुरस्कार नेकपा (माओवादी केन्द्र) का प्रदेश सचिवालय सदस्य एवम् प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (२) का गठबन्धनका उम्मेद्वार हर्कबहादुर लावती (कान्छा) ले प्रायोजन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार