इलाम : इलाम नगरपालिका ३ पुवामझुवामा जारी छैठौं पुवामझुवा फुटबल प्रतियोगिताको उपाधिको लागि पुवामझुवा फुटबल कल्ब र जुनियर मंगोल प्रतिस्पर्धा हुने भएको छ ।
आइतबार सम्पन्न सेमिफाइनल खेलमा पुवामझुवा फुटबल क्लबले सोयाङ्ग फुटबल र जुनियर मंगोलले तिल्केनी फुटबल क्लबलाई हराउँदै उपाधि भेट पक्का गरेका हुन् ।
पहिलो सेमीफाइनल खेलमा पुवामझुवा फुटबल क्लबले सोयाङ्ग फुटबल क्ल्बलाई १-० गोलले पछि पार्दै पुवामझुवा फुटबल क्ल्ब फाईनल खेलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
त्यस्तै आजै भएको दोस्रो सेमिफाइनल खेलमा जुनियर मंगोलले तिल्केनी फुटबल कल्ब ईलामलाई १-० ले पछि पार्दै जुनियर मंगोललेपनि फाईनल खेलमा आफ्नो स्थान पक्का गरेको छ ।
प्रतियोगिताको बिजेताले ६० हजार ३० हजार रुपैया प्राप्त गर्नेछ ।