माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका ३ स्थित चतुरेमा ‘माङसेबुङ-३ गोलकप’ खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु हुँदैछ ।
२०७९ को शुभदिपावलीको अवसरमा ‘माङसेबुङ-३ गोलकप’ माङसेबुङले आयोजना गरेको प्रतियोगिता स्थानीय जीवनज्योति माविको खेलमैदानमा संचालन हुनेछ ।
प्रतियोगिताका विजेताले नगद ५० हजार ७९ र उपविजेताले ३० हजार ७९ रुपैयाँका साथ ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।
विजेताको पुरस्कार नेपाली कांग्रेस इलामका सभापति एवम् प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का गठबन्धनका उम्मेद्वार डम्बरबहादुर खड्काले प्रायोजन गरेका छन् । त्यसैगरी उपविजेताको पुरस्कार नेकपा (माओवादी केन्द्र) का प्रदेश सचिवालय सदस्य एवम् प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (२) का गठबन्धनका उम्मेद्वार हर्कबहादुर लावती (कान्छा) ले प्रायोजन गरेको आयोजकले जनाएको छ ।