मेरा पिक होइन, ‘महाकुलुङ राष्ट्रिय निकुञ्ज राखौं !’ 

  निनाम लोवात्ती  185 पटक हेरिएको

निनाम लोवात्ती

हो, नेपालमा निकट भविश्यमै अर्को एउटा राष्ट्रिय निकुञ्ज थपिँदै छ । स्मरण रहोस्, अहिले नेपाल १३ वटा राष्ट्रिय निकुञ्ज रहेको छ । जे होस्, अब नेपालमा अर्को एउटा राष्ट्रिय निकुञ्ज थपिादैछ । त्यो हो ‘-मेरापिक राष्ट्रिय निकुञ्ज ।’ सो निकुञ्ज मकालु बरुण राष्ट्रिय निकुञ्जबाट छुट्याएर घोषणा गरिँदैछ । पहिलेको मकालु बरुण राष्ट्रिय निकुञ्जमा रहेको वेला सोलुखुम्बु जिल्लाको उत्तर पूर्वी भाग, ‘महाकुलुङ क्षेत्रका जनताहरु मकालु बरुण राष्ट्रिय निकुञ्जभित्र केही भयो कि, संखुवासभा जिल्लाको सेदुवासम्म पुग्नुपर्ने अवस्था थियो । जसले गर्दा सोलुखुम्बुका जनताका लागि निकुञ्ज सेवा दिनभन्दा पनि दुःख दिन पो गठन भएको हो कि ? भन्ने अवस्था थियो ।

त्यसैले ‘महाकुलुङ क्षेत्रका जनताहरुले राष्ट्रिय निकुञ्ज हुनैपर्ने भए सोलुखुम्बुतर्पmको भू-भागलाई छुट्याएर अलग्गै राष्ट्रिय निकुञ्ज घोषणा गर्नुपर्ने भनी धेरै समय अघिदेखि माग गर्दै आएका थिए । तर, नेपाल सरकारले भने धेरै समयपछि मात्रै स्थानीय जनताहरुको आवाज, दबाब र मागलाई सुनेर विसं २०७८ मंसिरमा मन्त्रीस्तरको (वन तथा वातावरण मन्त्रालयले) निणर्यबाट प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा सम्भाव्यता अध्ययन कार्यदल गठन गर्यो । सो कार्यदलले विसं २०७९ वैसाखमा आधिकारिक रुपमा स्थानीय जनताहरुमा सूचना जारी गर्यो । जसको मकसद र अर्थ स्थानीय जनताहरुसँग ‘मेरापिक राष्ट्रिय निकुञ्ज ’ अलग्गै गठन गर्न आवश्यक भए, नभएको बारे राय, सुझाव माग्ने रहेको थियो । तर, प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा सम्भाव्यता अध्ययन कार्यदलले स्थानीय जनताहरुमा सूचना जारी गर्ने बित्तिकै मौकामा चौका किन नहान्ने ? भनी अपायकका जिल्ला र गाउँपालिकाहरुले पनि आप्mनो दावी (आपूmहरु पनि समेटिनुपर्ने भनी) प्रस्तुत गरे ।

कार्यदलले वास्तविकता बुझेपछि सो समस्या सल्टिनेवाला छ । हुन पनि पहिलेको राष्ट्रिय निकुञ्जले ओगटेको भू-क्षेत्र जो छ, सोलुखुम्ब जिल्लामा पर्ने साविक गुदेल, छेस्खाम र बुङ गाविस हाल महाकुलुङ गाउँपालिकामा पर्ने भू-क्षेत्रहरु विगतमा मकालु बरुण राष्ट्रिय निकुञ्जले ओगटेको भूभाग छ सय ४८ दशमलब पाँच वर्ग किलोमिटरलाई नै ‘मेरापिक नै मेरापिक राष्ट्रिय निकुञ्ज’ घोषणा गरिनु पर्छ । अझ यो पंक्तिकारको विचारमा त ‘मेरापिक राष्ट्रिय निकुञ्ज’ भन्दा पनि ‘महाकुलुङ राष्ट्रिय निकुञ्ज’ नभए कम्तिमा पनि मेरापिक-महाकुलुङ राष्ट्रि निकुञ्ज वा ‘महाकुलुङ-मेरापिक राष्ट्रिय निकुञ्ज नाम राख्दा धेरै राम्रो हुने देखिन्छ । किनभने, महाकुलुङ भू-क्षेत्रमा कुलुङ जातिको लगभग ९०/९१ देखि ९३/९४ प्रतिशतसम्म (एकल वस्ती !) जनसंख्या रहेको छ भने, कुलुङ जातिको उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूम पनि हो, ‘महाकुलुङ क्षेत्र ।’ भलै यस्तो माग उठाईँ रहँदा वा यसरी लेखिरहँदा कतिपयलाई लाग्दो हो, यो मान्छे अति नै जातिवादी रहेछ, साम्प्रदायीक रहेछ, रेसिस्ट रहेछ भन्ने पनि लाग्दो हो !? तर, त्यस्तो होइन, कुरो अपनत्वको पनि हो । किनभने, कुनै पनि जातजाति वा भाषाभाषीको अन्तराष्ट्रियस्तरमा चिनारी हुनु, विकास हुनु, उत्थान हुनु र नाम रहनु भनेको देशकै चिनारी हुनु हो, नाम रहनु हो विकास हुनु हो, उत्थान हनु हो ।

त्यस्तै अर्को भनेको नेपालका प्राचीन जातिहरुमा पर्ने किरात महाजाति भित्रका एक कुलुङ जातिका बारेमा छोटो चर्चा गर्ने प्रयास गर्दै उनीहरुको उद्गम थलो ‘महाकुलुङ’ भूमिलाई “महाकुलुङ सम्पदा पदयात्रा मार्ग (‘महाकुलुङ हेरिटेज ट्रेल’)” को रुपमा पर्यटकीय हिसावले विकास गर्न किन ढीला र्ने ? भनी यहाँ एक चर्चा परिचर्चा गरिएको छ । किनभने रसुवामा “तामाङ सम्पदा पदमार्ग/तामाङ हेरिटेज ट्रेल” निर्माण गरिएको थियो, छ । जुन सफलता पूर्वक लागू पनि भयो । हो, सोलुखुम्बु जिल्लाको उत्तर-पूर्वी क्षेत्रको तत्कालीन छेस्खाम, बुङ, गुदेल, सत्तो (सोताङ), पावै आदि गाविसलाई ‘महाकुलुङ भूमि’ भनी चिनिन्छ । हाल किरात संवत् (यले दोङ ५०८२) चल्दै छ भने कुलुङ समुदायको जीवनचक्रअनुसार गएको पुस १५ गतेदेखि यले दोङ ५०८२ सुरु भयो । पहिलो महिनाको नाम ‘चाक्चाकूर’ हो । जस्तो विक्रम संवत्को पहिलो महिनाको नाम वैशाख भने झंै कुलुङ जीवनचक्र अनुसार यले दोङको पहिलो महिनाको नाम हो ‘-चाक्चाकूर ।’ कुलुङ जातिभित्रै विभिन्न भाषिका छ, ऐतिहासिक र परम्परागत भूमि छ भन्ने त माथि नै वणर्न गरिसकियो । त्यसबाहेक जसरी अरु समुदायमा आफ्नै जातिभित्र विवाहवारी गर्नका लागि थर र उपथरहरु रहेको हुन्छ, कुलुङ जातिा पनि आप्mनै कुलुङ जातिभित्र विभिन्न थर, उपथरहरु रहेको छ । त्यसैले कुलुङ जातिभित्रै विवाहवारी गर्ने प्रचलन रहेको छ ।

अन्तमा जसरी रसुवा जिल्लाको ब्रिदिम, थोङमेन, तातोपानी आदि क्षेत्रलाई समेटेर ‘तामाङ हेरिटेज ट्रेल’ बनाइएको थियो, त्यसरी नै हुँगा उपत्यकामा रहेका छेम्सी, छेस्खाम, मामेर्कू, बुङ, खार्दो, गुदेल, चाचालुङ/चोचोलुङ नाम्लुङ, सनम त्यु, बूकूर, साल्पा, केन्पा, सिलिछो आदि गाउँ-ठाउँलाई समेटेर ‘महाकुलुङ हेरिटेज ट्रेल’ घोषणा गर्न र, पर्यटकीय गतिविधि बढाउनका लागि स्थानीय वासिन्दाहरुले तयारी गर्नुपर्ने देखिन्छ । यस कामका लागि केन्द्रमा पनि पहल गर्नुपर्ने/देखिन्छ । त्यसो गर्न सकेमा ‘मेरापिक राष्ट्रिय निकुञ्ज’, ‘महाकुलुङ राष्ट्रिय निकुञ्ज’ वा ‘मेरापिक-महाकुलुङ राष्ट्रि निकुञ्ज’ अथवा ‘महाकुलुङ-मेरापिक राष्ट्रिय निकुञ्ज’ जे नामको निकुञ्ज गठन भएतापनि राष्ट्रिय निकुञ्ज गठन भए सँगसँगै ‘महाकुलुङ हेटिेज ट्रेल पनि बनाउन सकेमा पछिसम्मका लागि राज्यका साथसाथै स्थानीय वासिन्दाहरुका लागि पनि ‘सुनमा सुगन्ध !’ हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार