१० ‘राई’ को ‘डीङ हँकाई’ र कुलुङको संघर्षको कथा-व्यथा !

  निनाम लोवात्ती
1.2k Shares

निनाम लोवात्ती

‘राई’ शब्दको प्रयोगका सम्बन्धमा इतिहास हेर्ने हो भने सुरुमा ‘राय’/‘राया’ वा ‘राइ’ हुँदै ‘राई’ भएको पाईन्छ । पूर्वमा ‘राय’/‘राया’ वा ‘राइ’, ‘राई’ शब्दको प्रयोग सेन शासनकालदेखि सुरु भएको देखिन्छ । त्यो भन्दा पर गएको देखिदैन । हुन पनि सेनकालमा हालको ‘प्रधानमन्त्री’ वा ‘मन्त्री’सरहको ‘राय’ पद पाएका बुद्घिकणर् ‘राय’ अहिले तेह्रथुम जिल्लामा पर्ने ‘छ-थर क्षेत्र/भेग’का एक थरी (खेवा थरको) लिम्बुहरुको वंश वा भनौं पूर्खा भएको प्रमाणित भएको छ । यसरी इतिहास हेर्दा असलियतमा ‘राई !’ कुनै जात वा जाति नभएर ऊ वेलाका (सेनकालमा हालको प्रधानमन्त्री वा मन्त्रीसरह र नेपालको भगौलिक एकीकरणपछि शाह राजाहरु र श्री ३ महाराज अर्थात् राणाहरुका पालामा तालुकदार वा भनौं जिम्मावालको रुपमा) शासकहरुले नेपालको भगौलिक एकीकरणपछि एकै रहेको किरात भूगोललाई समेत फुटाएर वल्लो किरात, माझ किरात र पल्लो किरात (लिम्बुवान) बनाएर ती भूगोलका किरातीका सन्तानहर जो जान्नेसुन्ने, हुनेखाने, धनीमानी र स्थानीयस्तरका सरदार ! थिए, उनीहरुलाई छोटे राजा वा शासक बनाउनका लागि विभिन्न पद, पदवी र पगरीहरु सिर्जना गरे । जस्तै वल्लो किरातका कोईँच (सुनुवार) लाई ‘मुखिया’, माझ किरातका कुलुङ बान्तावालगायत खम्बुका सन्तानहरुलाई ‘राय’ वा ‘राई’ र पल्लो किरात (लिम्बुवान) का लिम्बु र लाप्चालाई ‘सुब्बा’ (स्मरणरयी छ, लिम्बुलाई पनि ‘राय’, ‘राइ’, ‘राई’ पद, पदवी र पगरी दिईएको पाईन्छ ।) दिईयो ।

माथि उल्लेखित पद, पदवी र पगरी पनि खालखालका हुन्थे । जस्तै ५ पगरी, ९ (यो पंक्तिकारले हालको खोटाङ जिल्लाको तत्कालीन नेर्पा गाउँ पञ्चायतको विभिन्न गाउँ हेर्ने ‘९ पगरी’को राईको कान्छो छोरो ललितपुरको मानभवन एरियामा भेटेको छ । यहाँ कान्छो छोरो नै किन भनिएको हो भने, राजा मरेपछि जसरी राजाको जेठो छोरो नै राजा हुन्थे, त्यसरी नै ‘राई !’ मरेपछि ‘राई !’का जेठो छोरो नै ‘राई !’ बन्नु पथ्र्यो/हुन्थ्यो ।), ८ पगरी, ९ पगरी १२, पगरी १६, हुँदै ५२ पगरीसम्मका राई हुन्थे । कानुन हेर्ने अलग्गै ‘अमाली राई !’ हुन्थे । ठूलो ‘राई !’ अर्थात् ५२ पगरीको (ठूलो पद, पदवी/पगरी पाएको) ‘राई’को कुरो गर्दा भोजपुर जिल्लाको ‘अन्नपूणर्-दिल्पा-नागी’ क्षेत्र हेर्ने तत्कालीन ५२ पगरीका ‘राई’ परशुराम राईका छोरो, नाति, पनाति, जनाति, खनाति खलकहरु अहिले काठमाण्डौ सहरमै भेटिन्छन् । तर, ५२ पगरीका ठूलो ‘राई !’ परशुरामका धेरै जसो सन्तान-दरसन्तानहरुले नामको पछाडि ‘राई !’ लेख्दैनन्, ‘मुकारुङ’ लेख्छन् । उनीहरुले नेपाली गीग, संगीत, साहित्य, राजनीति, प्रशासन आदिमा नाम कमाएका पनि छन् । जस्तो बुलु मुकारुङ, श्रवण मुकारुङ, पृथ्वीराज मुकारुङ, राजन मुकारुङ, आभा मुकारुङ आदि । उता मकरध्वज बान्तावा र रामकाजी बान्तावाले पनि आप्mना पिता-पूर्खाले पाएको पद, पगरी, पदवी ‘राई !’ लाई जात वा थर भनी नलेखेर/नचिनाएर आप्mनो असली जातीय स्वपहिचान ‘बान्तावा’ लेखे । जसले गर्दा ‘बान्तावा’ भन्ने बित्तिकै किराती महाजातिभित्रका एक जाति हुन् भनेर नेपालका अन्य जातजातिले चिन्ने गर्छन् ।

त्यस्तै ’सुब्बा’ पनि सानो सुब्बा (बडा दसैँको महानवमीको दिन मौलोमा बोका मात्रै मार हान्न पाउने), अमाली सुब्बा (कानुन मात्रै हेर्ने, यस्तो ‘सुब्बा’को छोरो पूर्व प्रमुख जिल्ला अधिकारी/सिडियो मञ्जुल कुमार याक्थुङ्बा हुनु हुन्छ ।) सुब्बा र, ठूलो सुब्बा अर्थात् ‘मौजे सुब्बा’ मौलोमा राँगा मार हान्न पाउने सुब्बा थिए । यहाँ ‘मुखिया’को त कुरै नगरौं । किनभने, पछिल्लो समयमा जुनसुकै जात वा जातिका मानिसहरु पनि ‘मुखिया’ भएका थिए/छन् । जुनसुकै जात वा जातिका मानिसहरु ‘मुखिया’ हुने क्रममा खोटाङ जिल्लामा रोका क्षेत्री पनि ‘मुखिया’ भएका थिए । यसबारेमा थप पुस्टिका लागि हेर्नुहोस्, लेखक हरि रोकाले २०६० मा हिमाल खबरपत्रिकामा लेखेको एक अनुभूतिजन्य लेख । जुन लेखमा हरि रोकाले आप्mनो ‘मुखिया’ बाबुका बारेमा लेखेका छन् ।

किराती वा किरातहरुको वंशावलीका बारेमा भन्ने हो भने, गोपाल राज वंशावलीअनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावलीअनुसार २९ पुस्ता, जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावली अनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशन अनुसार २५ पुस्ता, काले राई अर्थात् डाक्टर स्वामी प्रपन्नचार्यका अनुसार २८ पुस्ता र ‘सुब्बा’ प्रेमबहादुर माबोहाङ लिम्बुका अनुसार २८ पुस्ता, धरणीधर दाहालअनुसार ३५ पुस्ता र भुपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराती राजाहरुले (काठमाडौ उपत्यकामा) राज्य चलाएका थिए । भनिन्छ, यसबाहेक पनि एसियाको विभिन्न क्षेत्रहरुमा किरातीहरुले शासन चलाइआएका थिए । हालको भारत र नेपालका भू-भागहरुमा नै पनि किरातहरुको अनेक संंप्रभु सम्पन्न राष्ट्रहरु अस्तित्वमा थिए भन्ने गरिन्छ । तर, आजभोलि भने, किराती महाजातिभित्रका खम्बुका सन्तानहरु अन्य जात वा जातिहरुमाझ ‘राई !’ भनी चिनिन थालेका छन् । हाल उनीहरु सबै ! आप्mनो असली जातीय स्वपचिान आपैmले जानेर, बुझेरभन्दा भीडको राजनीति गर्ने, संख्या र भीड देखाएर व्यक्तिगत रुपमा राजनीतिक फाइदा लिने केही मान्छेको ‘लहैलहै’ र ‘हाहाहुहु’ मा लागेर ‘राई !’ भएका छन्, राई हुँ, भन्न वाध्य भएका छन् । अरुलाई पनि ‘राई !’ नै बन्न बलजप्mती गरी रहेका छन् ।

हुनत पछिल्लो समयमा केही राई काम भनिनेरेडहरुले ‘१० राई १० चुलो’ भन्ने गरेका छन् । तर, ‘१० राई १० चुलो’लाई मान्ने हो भने ‘भूमि सुधार ऐन-२०२१’ गाउँगाउँ, टोलटोलमा लागू हुनुअघि ‘रैती वा ढाक्रे’हरु (अहिलेको भाषामा जनता) ले आप्mनो नामको पछाडि जात वा थरको रुपा ‘राई !’ लेख्दा किन असली ‘राई !’ ले तैँले नपाएको राई किन लेखिस् ? भनेर ठिँगुरो (जेल) मा हाल्थे ? किन जरिवाना गर्थे ? यसको मतलब के थियो भने असली ‘राई !’ ले केन्द्र सरकारसँग ‘वार्षिक रुपमा यत्ति (रकम तोकेर) तिर्न सक्छु भनेर ठेकेर/ठेगेर जमीन (भूमि) को कर, ठेकी-बेठी, बेठ-बेगार, सिर्तो, बिलो, पाहाकूर, तिते माछा, महकुर आदिको कर तिर्न सक्छु सरकार !’ भनेर निवेदन वा चिठी लेखेर मात्रै ‘राई !’, ‘मुखिया’, ‘सुब्बा’, ‘देवान’, ‘चौधराई’, ‘पटवारी’, ‘गोवा’ आदि पदहरु पाईन्थ्यो । पछि आएर त यस्तो पदहरु किरात र किरातीहरुको क्षेत्रमै गैर किरातीहरुले पनि पाए । यसको ज्वलन्त उदाहरण सोलुखुम्बुको ‘सत्तो-सोत्तो’ (हाल सोताङ) गाउँ पञ्चायतमा विसं २०३४ मा शिवबहादुर र दीपबहादुर बस्नेत (दाजुभाइ) नै ले ‘राई !’ पद पाए । मुखिया भएका थिए । उनीहरु हाल सुनसरी जिल्लामा बसाई सरेका छन् । पद वा पदवीको अरु उदाहरण दिनु पर्दा हालका ‘प्रधानमन्त्री’ शेरबहादुर देउवा वा पूर्व ‘प्रधानमन्त्री’ केपी शर्मा ओली वा पूर्व ‘उपप्रधानमन्त्री ईश्वर पोखरेल अथवा पूर्व ‘कानुनमन्त्री’ शिवमाया तुम्बाहाङफेलाई लिन सकिन्छ । के उनीहरुले आपूmले पाएको ‘प्रधानमन्त्री’, ‘उपप्रधानमन्त्री’, ‘कानुनमन्त्री’ पदलाई पदबाट हट्ने बित्तिकै जात वा जाति मानेका छन्, भनेका छन्, लेखेका छन् ?

हुनत ‘राई !’ मात्रै नभएर उमराव, काजी, मुख्तियार, मीर सुब्बा, सुब्बा, मुखिया, चौधरी, दिवान/देवान, डिठ्ठा, बैठके, हुक्के, बडागुरु ज्यु, पण्डित, बैठके, खजाञ्जी, मुन्सी, कपरदार, डोले, मोते, थरी, कारबारी, गौरुङ, माथा, करता, बैदार/बहिदार, तोहले आदि पदवी वा पगरी पाएका मान्छेहरु पनि प्रशस्तै थिए । तर, ‘राई !’ पदवी वा पगरी बाहेक उमराव, काजी, मुख्तियार, मीर सुब्बा, सुब्बा, मुखिया, चौधरी, दिवान/देवान, डिठ्ठा, बैठके, हुक्के, बडागुरु ज्यु, पण्डित, खजाञ्जी, मुन्सी, मोते, डोले, कपरदार, थरी, कारबारी, गौरुङ, माथा, करता, बैदार/बहिदार, तोहले आदि पदवी वा पगरी पाएका ती मानिस र तिनका सन्तान दरसन्तानचाहिँ किन आप्mनो जात वा जाति उमराव, काजी, मुख्तियार, मीर सुब्बा, सुब्बा, मुखिया, चौधरी, दिवान/देवान, डिठ्ठा, बैठके, हुक्के, बडागुरु ज्यु, पण्डित, बैठके, खजाञ्जी, मुन्सी, कपरदार, मोते, डोले, थरी, कारबारी, गौरुङ, माथा, करता, बैदार/बहिदार, तोहले आदि हो भनी लेखेनन् ?

त्यसो त अतिशय कुरो गरे जस्तो हुने, ‘केही नपाएर सँधैभरि पाडाको…कन्याए !’ जस्तो पनि हुने !? तरै पनि कथित् राई जातिको नाममा खुलेको/खोलिएको ‘राई !’ यायोक्खा (स्मरण रहोस्, जान्ने सुन्नेहरुका अनुसार ‘यायोक्खा’ भनेको बान्तावा जातिको भाषा हो, कुनै माईकालाल ‘राई !’ को भाषा होइन ।) नामक एनजिओ, समाज कल्याण परिषद दर्ता नम्बर/एसडब्लुसी-२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय काजिप्रका/रजिस्टर्ड नम्बर-३२८/०४९/०५०) को नेतृत्व तहमा रहेका राई सर राईनी म्याडमहरुसँग सोध्न मन लाग्छ, ‘-सन् १९९२ देखि १९९६ सम्म मंगोलियाको प्रधानमन्त्री भएका पुन्त्सागिइन जस राई र सन् २००९ देखि २०१३ सम्म जिम्बावेका प्रधानमन्त्री भएका मोर्गान स्भाङ्गी राई अनि नेपालकै पनि तीन-तीन पटक क्याबिनेट (संघीय सरकारको) मन्त्री भएका मोहम्मद ईस्तियाक राई जो बाँकेबाट संघीय सांसद पनि भए, उनीहरु तपाईहरुको आप्mनै रगतको नाता वा वंशका ‘राई !’ हुन् ??? किनभने, ‘राई !’करणबाट मुक्त हुँदै जातीय स्वपहिचानबाट चिनिन चाहने कुलुङलगातय अन्य किरातीहरुलाई हालसम्म वञ्चित गर्ने तपाईहरु नै हो, जो संस्थागत ढंगले ‘कन्धनी कसेर !’ लाग्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार