पाँचथरः २०७९ साल मंशीर ४ गते सम्पन्न हुन गइरहेको निर्वाचनमा पाँचथरबाट ३३ जना उम्मेद्वार चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने भएका छन् । एक नगरपालिकासहित आठ स्थानीयतह रहेको पाँचथर जिल्लामा जम्मा ६० वडा छन् ।
एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र र दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा जम्मा पुरुष ७३ हजार ३६६ र महिला ६५ हजार ५६६ गरी जम्मा १ लाख ३८ हजार ९३२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जानकारी गराएको छ ।
३३ जना उम्मेद्वार मध्ये ४ स्वतन्त्रसहित १५ उम्मेदवार प्रतिनिधिसभा सदस्यमा चुनावमा सहभागी बनेका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) बाट दीननाथ घिमिरे,नेपाली कांग्रेसबाट भीष्मराज आङदेम्वे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमल वहादुर चेम्जोङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट वसन्त कुमार नेम्वाङ, मंगोल नेशनल अर्गनाइजेसनबाट राम कुमार तुम्रोक,जनता समाजवादी पार्टी, नेपालबाट प्रेमराज लावती, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट मदन कुमार पोख्रेल, राष्ट्रिय जनमुक्ति पार्टीबाट नरेन्द्र प्रसाद कुरुम्वाङ, जनसमाजवादी पार्टी नेपालबाट भिम बहादुर तामाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट जस बहादुर योङहाङ,राष्ट्रिय स्वतन्त्र पार्टीबाट दल प्रसाद लिङदेन साथै स्वतन्त्रबाट बालकृष्ण काफ्ले, दल बहादुर आङदेम्बे,विष्टन लावती र लाख वहादुर पालूङ्वा रहेका छन् ।
त्यस्तै,प्रदेश सभा “क” मा दुई स्वतन्त्रसहित १० जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)बाट कमल प्रसाद जबेगु, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट नेत्र कुमार वस्नेत, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ओमनाथ बजगाई, मंगोल नेशनल अर्गनाइजेसनबाट मनकुमार गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राजकुमार भण्डारी,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सागर केरुङ, जनता समाजवादी पार्टी, नेपालबाट मचिन्द्र प्रसाद बेघा र राष्ट्रिय जनमुक्ति पार्टीबाट दुर्गा प्रसाद साँवा लिम्वु साथै स्वतन्त्रबाट सञ्च कुमार केरुङ र इन्दिरा धौरालीले उम्मेद्वारी दिएका छन् ।
प्रदेश सभा “ख” मा आठ उम्मेद्वार रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सगुन सुन्दर लावती, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट अइन्द्र सुन्दर नेम्बाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दिपेन्द्र चेम्जोङ, जनता समाजवादी पार्टी, नेपालबाट एविराज आङदेम्बे,नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)(एकल चुनाव चिन्ह)बाट ईन्द्र बहादुर आङवो,राष्ट्रिय जनमुक्ति पार्टीबाट सुर्यहाङ तुम्बापो, मंगोल नेशनल अर्गनाइजेसनबाट वल वहादुर वुर्जा मगर र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट चन्द्र माया बोहोराले प्रदेशसभा सदस्यमा भिड्दै छन् । यस जिल्लामा जम्मा मतदान स्थल १०२ र मतदान केन्द्र १७७ वटा निर्धारण गरिएको छ ।
पालिकाहरुको मतदान स्थल र मतदाता संख्या निम्म अनुसार रहेको छ । कुम्मायक गाउँपालिकामा १० वटा मतदान स्थल छन् । पुरुष ६ हजार ७० र महिला ५ हजार ३४५ गरी जम्मा ११ हजार ४१५ जना मतदाता छन् ।
तुम्वेवा गाउँपालिकामा ९ वटा मतदान स्थल छन् । पुरुष ४ हजार ८०९ र महिला ४ हजार ४३९ गरी जम्मा ९ हजार २४८ जना मतदाता छन् । फालेलुङ गाउँपालिकामा ११ वटा मतदान स्थल छन् । पुरुष ९ हजार ३३२ र महिला ७ हजार ३३२ गरी ज्मा १७ हजार १५६ जना मतदाता छन् । फाल्गुनन्द गाउँपालिकामा १३ वटा मतदान स्थल छन् । पुरुष ९ हजार ६२७ र महिला ८ हजार ७४२ गरी जम्मा १८ हजार ३६९ जना मतदाता छन् । फिदिम नगरपालिकामा २२ वटा मतदान स्थल छन् । पुरुष १७ हजार ७५७, र १६ हजरा ३३५ गरी जम्मा ३४ हजार ९२ जना मतदाता छ ।
मिक्लाजुङ गाउँपालिकामा १५ वटा मतदान स्थल छन् । पुरुष ९ हजार ५७२ र महिला ८ हजार ८१० गरी जम्मा १८ हजार ३८२ जना मतदाता छन् । याङवरक गाउँपालिकामा १० वटा मतदान स्थल छन् । पुरुष ७ हजार ५५१ र महिला ६ हजार ५१३ गरी जम्मा १४ हजार ६४ मतदाता छन् ।
हिलिहाङ गाउँपालिकामा १२ वटा मतदान स्थल छन् । पुरुष ८ हजार ६४८ र महिला ७ हजार ५५८ गरी जम्मा १६ हजार २०६ जना मतदाता छन् ।
सबै स्थानीयतहमा १०२ मतदान स्थाल र ११७ मतदान केन्द्र छन् । पुरुष ७३ हजार ३६६ र महिला ६५ हजार ५६६ गरी जम्मा १ लाख ३८ हजार ९३२ जना मतदाता रहेका छन् ।
प्रदेशसभा निर्वाचन क्षेत्र “क” मा ४९ वटा मतदान स्थल र ९२ वटा मतदान केन्द्र छन् । पुरुष ३९ हजार ३५५ र महिला ३४ हजार ६९३ गरी जम्मा ७४ हजार ४८ जना मतदाता छन् । यस क्षेत्रमा जम्मा ३२ वटा समावेश छन् ।
फालेलुङ गाउँपालिकाको १ देखि ८ वडामा ११ मतदान स्थल र २२ मतदान केन्द्र छन् ।
फिदिम नगरपालिकाको १ देखि ४,७,८,१० देखि १४ वडामा गरी जम्मा ११ वटा वडामा १६ मतदान स्थल र ३२ मतदान केन्द्र छन् ।
याङवरक गाउँपालिकाको १ देखि ६ वडामा १० मतदान स्थल र १७ मतदान केन्द्र छन् ।
हिलिहाङ गाउँपालिकाको १ देखि ७ वडामा १२ मतदान स्थल र २१ मतदान केन्द्र छन् ।
प्रदेशसभा निर्वाचन क्षेत्र “ख” मा ५३ मतदान स्थल र ८५ मतदान केन्द्र छन् । पुरुष ३४ हजार ११ र महिला ३४ हजार ६९३ गरी जम्मा ७४ हजार ४८ यस क्षेत्रमा २८ वटा वडा समावेश छन् ।
कुम्मायक गाउँ पालिकाको १ देखि ५ वडामा १० मतदान स्थल र १५ मतदान केन्द्र छन् ।
तुम्बेवा गाउँपालिकाको १ देखि ५ वडामा ९ मतदान स्थल र १३ मतदान केन्द्र छन् ।
फाल्गुनन्द गाउँपालिकाको १ देखि ७ वडामा १३ मतदान स्थल र २४ मतदान केन्द्र छन् ।
फिदिम नगरपालिकाको ५,६ र ९, वडामा ६ मतदान स्थल र ८ मतदान केन्द्र रहेका छन् ।
मिक्लाजुङ गाउँपालिकाको १ देखि ८ वडामा १५ मतदान स्थल र २५ मतदान केन्द्र रहेका छन् ।
यस जिल्लामा प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका भीष्मराज आङदेम्बे र नेकपा (एमाले) का केन्द्रिय सदस्य समेत रहेका बसन्त कुमार नेम्बाङ बीच प्रमुख भिडन्त हुने भएको छ ।
एमाले नेता नेम्वाङ ०४८ देखि निरन्तर पाँचथरबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्दै आएका छन् । ०४८, ०५१, ०५६ र ०७४ का आम निर्वाचनमा पार्टीबाट टिकट पाएका उनी ०५१ को मध्यावधि निर्वाचनबाहेक तीन पटक प्रतिनिधिसभा सदस्यमा विजयी भइसकेका छन् ।
२०७४ को प्रदेश प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसका केन्द्रीय सहमहामन्त्री भीष्मराज आङदेम्बेलाई हराएका उनी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा झन्डै २ वर्ष भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहे । राज्यको पुनर्संरचना हुनुपूर्वका निर्वाचनमा साविक पाँचथर क्षेत्र नम्बर १ बाट चुनाव लड्दै आएका नेम्वाङलाई मुलुक संघीय संरचनामा गएपछि ०७४ यताका निर्वाचनमा पनि एमालेले निरन्तर चुनाव लड्ने मौका दिँदै आएको छ ।
नेम्वाङका प्रतिस्पर्धी आङदेम्बे पनि ०५६ पछि भएका प्रतिनिधिसभा र संविधानसभा निर्वाचनमा निरन्तर उम्मेदवार छन् । हालसम्म पाँच पटक कांग्रेसबाट टिकट पाएका आङदेम्बेसँग ०७० को संविधानसभा निर्वाचनमा एक पटक निर्वाचित भए पनि तीन पटक पराजित भएको इतिहास छ । आङदेम्बे २०७४ अघिका सबै निर्वाचनमा साविक पाँचथर क्षेत्र नम्बर २ बाट चुनाव लड्दै आएका थिए । मुलुक संघीय संरचनामा गएर प्रतिनिधिसभाका लागि एक सिट कायम भएपछि उनीहरूबीच ०७४ मा पहिलो पटक चुनावी मैदानमा भेट भएको थियो । यस पटक उनीहरू दोस्रो पटक चुनावी मैदानमा छन् ।
अघिल्लो पटक माओवादी केन्द्रसँगको वाम गठबन्धनबाट जितेका नेम्वाङ यस पटक एमालेबाट कुनै दलसँग तालमेल नगरी चुनावी मैदानमा निस्केका छन् । आङदेम्बेलाई माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनको साथ छ । ०७० को निर्वाचनमा संविधानसभा सदस्य चुनिएबाहेक उनी विजयी भएका छैनन् ।
जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सम्बन्धि सर्वदलीय बैठक सम्पन्न गरेपछि राजनीतिक दलहरु तथा उम्मेद्वारहरु जिल्लाका सबै स्थानीयतहका मतदाता समक्ष घरदैलो कार्यक्रममा ब्यस्त छन् ।