पाँचथरः साफ यू-१५ महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक भगवती राना मगरले शुक्रबार नेपाली टोलीको घोषणा गरेको हो । पाँचथर फाल्गुनन्दकी पुनम चेम्जोङ पनि साफ यू-१५ महिला साफ च्याम्पियनसिपका लागी छनौट भएकी छिन् । पुनम साफ यू-१५ महिला टोलीको ४० जना, ३० जना हुँदै अन्तीम टोली सम्म छनौट हुन सफल भएकी हुन् ।
नेपाली टोलीका गोलकिपर राधिका ओली, सुजाता तामाङ, रुपा धिमाल डिफेन्डर सीता रोकाया, अमिता भुल, दीपा मगर, अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु, विपना स्नेही मिडफिल्डर सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मण्डल, भूमिका बुढाथोकी, सुशीला केसी, सुक्रिया मिया, रेविका नेपाली, मनिषा सेन,फरवार्ड दीपा रोकाया, समीक्षा मगर, वर्षा ओली, सेनु परियार छनौट भएका छन् । बंगलादेशमा आयोजना हुने यु-१५ महिला साफ च्याम्पियनसिप नोभेम्बर १ देखि १२ सम्म हुनेछ ।-केन्जो खबरबाट