फिक्कल : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता , पूर्वप्रधानमन्त्री एबम इलाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका झलनाथ खनालले इलाम क्षेत्र नं १ मा आफू विरुद्ध उम्मेद्वार रहेको भनेपनी आफ्नो प्रतिसपर्धी नरहेको बताएका छन ।
बिहिबार इलामको फिक्कलमा पत्रकारहरु संग कुरागर्दै खनालले भनेका छन “यो निर्वाचन क्षेत्र केही उम्मेदवार मैदानमा देखिए पनि उनिहरु आफ्नो प्रतिस्पर्धी होइनन् त्यसैलेपनी मेरो जित निस्चित छ । ”
खनालले वाम लोकतान्त्रिक गठबन्धनलाई अहिलेको अवस्थामा एउटा दल जस्तै ठान्नुपर्ने समेत बताए । उनले संविधानको रक्षा र अग्रगमनका लागि पाँच दलीय गठबन्धन चुनावी मैदानमा एउटा दल जस्तै भएर आएको बताए ।
उनले भने,“हाम्रा फरक विचार होलान् तर यतिबेला हाम्रो लडाईं संविधान विरोधी शक्तिविरुद्ध हो, त्यसैले हामी एउटै पार्टी जस्तो भएका छौँ ।”
देशमा भएका विभिन्न आन्दोलन र परिवर्तनमा कम्युनिष्ट र कांग्रेसबीच सहकार्य र प्रतिस्पर्धा हुने गरेको बताउँदै उनले यो स्वाभाविक भएको उल्लेख गरे ।