गठबन्धनका उम्मेद्वारलाई बिजयी बनाउनुहोस् बिकासले फड्को मार्छ : नेता खड्का

  नयाँ बुलन्द
700 Shares

इलाम : इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेद्वार डम्बर खड्काले प्रतिगमनको विरुद्धमा गठबन्धन भएको भन्दै संविधानको रक्षा गर्न र राष्ट्र बचाउनकै लागि गठबन्धनको उम्मेद्वारलाई जिताउन अपिल गरेका छन । बुधवार इलामको चुलाचुली गाउँपालिकाकाे बिभिन्न स्थानमा छुट्टाछुटै भएको गठबन्धको अगुवा कार्यक्रम भेटघाट कार्यक्रमलाई संबोधन गर्दै खड्काले यस्तो अपिल गरेका हुन् । उनले भने ‘संविधान मास्ने, भ्रष्ट्राचारी, तानाशाही र स्वेच्छाचारी केपी ओलीको विकल्पमा गठबन्धन बनेको छ ।

त्यसैले संविधानको रक्षा गर्न र राष्ट्र बचाउनका लागि हामीलाई मत दिनुहोस्’ । खड्काले मतदातासामु इलामको बिकासकालागी पनि अहिले भएको गठबन्धनको उम्मेद्वार आवस्यक रहेको बताएका छ्न । उनले गठबन्धनका उम्मेद्वारलाई मतदान गरी बिजयी बनाए इलामकाे बिकट ठाउँ भनेर मन्चमा भाषण गरिरह्नु नपर्ने गरी बिकासले गतिलिने समेत बताए ।

यता लामो समय सम्म एउटै ब्यति निर्वाचित भएर पनि बिकासको हिसाबले क्षेत्र नम्बर २ पछाडि रहेको भन्दै मतदाताले पनि यसपटक नयाँ अनुहारको खाचो रहेको बताएका छन । उनिहरुले यसपटक बिकास प्रेमी नेतालाई मतदान गर्ने बताए ।

कार्यक्रममा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (२) का उम्मेद्वार हर्कबहादुर लावती (कान्छा) सहित कांग्रेस जिल्ला उपसभापति खगेन्द्र देवान, जिल्ला सहसचिव देबेन्द्र सुबेदी , क्षेत्रिय सभापति डिकेन्द्र इदिङो , नेकपा एकीकृत समाजबादिका उप सहसचिव सोम शर्मालगायत नेताहरुको उपस्थिती थियो । कार्यक्रममा गठबन्धनका नेताहरुले लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गरी विजय गराउन अपिल गरेका थिए ।

यतिबेला नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनले साझा उम्मेद्वार तय गरी निर्वाचनमा होमिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार