फिक्कल : इलाम जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. १ बाम-लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समन्वय समितिको बैठक इलामको सूर्योदय नगरपालिका फिक्कलमा सम्पन्न भएको छ ।
मंगलबार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रिय कमिटी सदस्य तथा इलाम जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. १ बाम-लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समन्वय समिति अध्यक्ष दिपक पौडेलको अध्यक्षतामा भएको बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाम लोकतान्त्रिक गठबन्धन चुनाव प्रचारप्रसार समिति नेपाली काङ्ग्रेस बाट संयाेजक रहनेगरी १ हजार एक सदस्य समिति गठन गर्ने भएको हो ।
यस्तै बिभिन्न पालिका स्तरीय चुनाव प्रचारप्रसार समिति २०७९ कार्तिक ३ गते सम्ममा गठन सम्पन्न गर्ने निर्णय समेत गरेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू इलाम जिल्ला कमिटी सचीव चेतन अधिकारीले जानकारी दिए ।
बैठकमा निर्वाचन परिचालन समन्वय समितिका ५ सदस्य सहित क्षेत्र नं. १ का सबै पालिकाको प्रतिनिधित्व गर्दै हरेक पालिकाबाट नेपाली काङ्ग्रेसबाट २जना प्रतिनिधि , नेकपा( एकीकृत समाजवादी) बाट २ जना प्रतिनिधि र नेकपा (माओवादी केन्द्र) बाट २ जना प्रतिनिधि का दरले उपस्थिति रहेको थियो ।