पाँचथरमा जसपाका दर्जनौ नेता काँग्रेसमा प्रवेश

पाँचथर : जनता समाजवादी पार्टी नेपाल (जसपा)का दर्जनौ नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई काँग्रेसका केन्द्रीय सह महामन्त्री तथा प्रतिनिधिसभा सदस्यका उम्मेद्धार भीष्मराज आङ्देम्बेले पार्टी प्रवेश गराएर स्वागत गरेका हुन् ।

जसपाका केन्द्रीय सदस्य प्रविण नेम्बाङ, केन्द्रीय लेखा समिति सदस्य डीएम आङ्देम्बे, केन्द्रिय परिषद सदस्य महेन्द्र कुमार नेम्बाङ (मलिशा), तिलबिक्रम चेम्जोङसहित दर्जनौ नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेका हुन् ।

पार्टी नेतृत्वमा स्वेच्छाचारिता हाबि भएको, संगठन निर्माणमा उदासिनता देखाएको र संगठनलाई बिसर्जनको बाटोतर्फ लगेको आरोप लगाउदै उनीहरुले एक महिना अघि पार्टी परित्यागको घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार