इलाममा बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समन्वय समिति गठन

  नयाँ बुलन्द
245 Shares

फिक्कल : इलाम जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ मा बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समन्वय समिति गठन भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रिय कमिटी सदस्य दिपक पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन भएको हो । समितिको सदस्यहरुमा नेपाली काङ्ग्रेसका विष्णु कार्की र देवेन्द्र सुवेदी, नेकपा (एकीकृत समाजवादी) बाट तारा नेपाल र नेकपा ( माओवादी केन्द्र) बाट विजय खम्बु र छबिराज राइ रहेका छन ।

बाम-लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समन्वय समिति क्षेत्र न १ इलामले सूर्योदय नगरपालिका, फिक्कलमा बैठक बशी विभिन्न निर्वाचन लक्षित महत्वपूर्ण निर्णय गरीएको बताईएको छ ।

निर्वाचनलाई लक्षित गरेर घरदैलो कार्यक्रमलाई समेत तिब्रता दिएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू इलाम जिल्ला कमिटी सचीव चेतन अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार