टिम्बुर र चिङ्फिङको माग बड्दै


इलाम । इलामका लेकाली भेगमा पाइने जडिबुटी टिम्बुर र चिङ्फिङको व्यवसायिक रूपमा बिक्री हुन थालेको छ ।

घरेलु औषधिको रूपमा प्रयोग हुने यी जडिबुटीको अचार समेत स्वादिलो हुने भएपछि शहरी क्षेत्रमा समेत माग बढेको हाे ।किसानले संकलन गरी टिम्बुर र चिङ्फिङको नुनमा डुबाएर प्लाष्टिकको बट्टामा प्याकिङ गरी व्यवसायिक रूपमा बिक्री गर्दै आएका छन् ।

लेकाली क्षेत्रमा पाइने जडिबुटी चिङफिङ र टिम्बुरको खरिद बिक्री हुन थालेको छ । जंगलमा खेर जाने जडिबुटीको महत्वबारे आम नागरिकलाई थाहा भएसँगै चिङ्फिङ र टिंबुरको संकलन समेत बढ्दै गएको हो । टिम्बुर र चिङ्फिङ घरेलु औषधिको रूपमा प्रयोग हुन्छ । ग्रामीण क्षेत्रमा बसोवास गर्ने नागरिकले मात्रै प्रयोग गर्दै आएका यी जडिबुटीको महत्वबारे प्रचारप्रसार भएपछि शहरी क्षेत्रमा पनि माग बढ्दो छ ।

चिङ्फिङ र टिम्बुर दुवै नेपाली भान्छामा प्रयोग हुन्छ । भान्छामा प्रयोग हुने अचारमा मिसाएर खाने यी जडिबुटीको अहिले व्यवसायिक रूपमा बिक्री समेत हुँदै आएको छ । मानिसको पेटमा ग्याँस बढेमा, चिसो र खोकी लाग्दा यी जडिबुटी उमालेर खाएमा निको हुने जनविश्वास रहेकाे छ । आम नागरिकले औषधिसँगै अचारमा समेत प्रयोग बढ्दै गएपछि ग्रामीण क्षेत्रका किसानले अहिले संकलन गर्दै आएका छन् । शहरी क्षेत्रमा चिङ्फिङ र टिम्बुरको माग बढ्दै गएपछि गाउँका किसानको आम्दानीको श्रोत भएको छ ।

किसानले संकलन गरी टिम्बुर र चिङ्फिङको नुनमा डुबाएर प्लाष्टिकको बट्टामा प्याकिङ गरी व्यवसायिक रूपमा बिक्री गर्दै आएका छन् । सुख्खा टिम्बुरको प्रतिकिलो ४ सय रुपैयाँ र चिङ्फिङ ५ सय रुपैयाँमा खरिद बिक्री हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार