पार्टी र जातिभन्दा माथि उठेर आफ्नो मुद्दामा सहमत उम्मेद्वारलाई जिताउन चुम्लुङको अपिल

  नयाँ बुलन्द
182 Shares

काठमाडौ : आगामी मंसिर ४ गते हुने संघीय तह तथा प्रदेश तहको निर्वाचनमा पार्टी र जातिभन्दा माथि उठेर मतदान गर्न लिम्बु/याक्थुङ आदिवासीहरूको साझा प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ (कियाचु)ले अपिल गरेको छ । चुम्लुङले उठाएका एजेन्डाहरूमा सहमत तथा अडान लिन सक्ने उम्मेदवारलाई जिताउन संस्थाको तर्फबाट अपिल गरिएको हो ।

उम्मेदवारहरूलाई आ-आफ्नै निर्वाचन क्षेत्रमा हाम्रो सवाल र मुद्दाहरूमा सहमत, प्रतिबद्ध र एजेन्डाका पक्षधरहरूलाई पार्टी र जातिभन्दा माथि उठेर मतदान गर्न कियाचुले विज्ञप्तिमार्फत अपिल गरेको हो । संखुवा खोला-अरूण-सप्तकोसी नदी पूर्व ९ जिल्ला ‘लिम्बुवान स्वायत्त राज्य’ स्थापना गर्ने लक्ष्यसहित अरूण-सप्तकोसी पूर्व र पश्चिमको दुवै क्षेत्र १४ जिल्लाको भूगोलमा १ नं. प्रदेशको नाम ‘लिम्बुवान, किरात’ नामकरण गरिनु पर्ने, लिम्बु/याक्थुङ भाषालाई सरकारी कामकाजको भाषा निर्माणका लागि प्रदेश नं. १ मा प्रकृयामा रहेको मस्यौदा विधेयक (ऐन) अविलम्ब पास गरी तदारुकताका साथ कार्यान्वयन गरिनु पर्ने लगायतका आफ्ना मागहरु चुम्लुङले उल्लेख गरेको छ ।

यसका अतिरिक्त चुम्लुङले ‘लिम्बु/याक्थुङ भाषा पठन पाठनमा शिक्षक दरबन्दी कायम गरिनु पर्ने, सरकारी कार्यालयहरूमा किरात सिरिजंगा लिपि र लिम्बु/याक्थुङ भाषामा बोर्ड राखिनु पर्ने, हिन्दू धर्म समान अरू धार्मिक सांस्कृतिक समुदायलाई सरकारी बिदा उपलब्ध गराइनु पर्ने, ऐतिहासिक, सांस्कृतिक, धार्मिक, मुन्धुमी स्थालहरू, माङगेन्ना यकहरू र समाधिस्थलहरूको संरक्षण गर्ने नीति तथा निर्देशिका जारी गरिनु पर्ने, लिम्बुवान क्षेत्रका स्थानीय स्थाननामहरू लिम्बु/याक्थुङ भाषामा नामकरण गरिनु पर्ने, खस नेपालीकरण र संस्कृतकरण गरिएका स्थाननामहरू लिम्बु/याक्थुङ भाषाका पुराना नाममै पुनर्स्थापना गरिनु पर्ने’ मागहरु उठाएको छ ।

मतदान गर्नुपूर्व राजनैतिक दल, गठबन्धन, उम्मेदवारहरूको घोषणापत्रहरूमा चुम्लुङले उठाएका एजेन्डाहरू समावेश भए/नभएको अध्ययन गर्न जरुरी रहेको पनि अपिलमा जनाइएको छ ।

अपिल :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार