यस्ता छन्, एमाले अध्यक्ष ओलीमाथि भीम रावलले लगाएको २० आरोप (पूर्णपाठ)

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् । आगमी ४ मसिंरमा हुने प्रतिनिधिसभा र प्रदेससभाको निर्वाचनमा ओलीले रावललाई टिकट नदिएपछि उनले बिहीबार पत्रकार सम्मेलन गरे २० वटा गम्भीर आरोप लगाएका छन् ।

उनले अध्यक्ष ओलीले एमाले विरोधीहरुसँग चुनावी तालमेल गरेको, एमाले विरोधीहरुलाई संरक्षण गरेको जस्ता आरोप लगाएका हुन् । ओली र माधव नेपालको राजविराजमा हत्यासम्म गर्ने दुष्प्रयास गर्नुका साथै संविधान दिवसलाई कालो दिनको रूपमा मनाउने जसपासँग चुनावी तालमेल गरेको भन्दै रावलले असष्तुष्टि व्यक्त गरे ।

युनिभर्सल पिस फेडरेसन (युपीएफ)का नेपाल प्रमुख होलिवाइन भनेर चिनिएको एकनाथ ढकाललाई समानुपातिकमा राखेकोप्रति पनि उनले आक्रोश पोखे। उनले निरङ्कुश व्यवस्थामा एमालेलाई नेता कार्यकर्तालाई प्रताडित गर्ने कमल थापालाई हेटौँडामा उम्मेदवार बनाएकोप्रति पनि असन्तुष्टि व्यक्ति गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार