लोकतन्त्रको सुदृढ, संविधानको रक्षा र संघीयताको कार्यान्वयन गर्न गठबन्धनलाई मत : उम्मेद्वार लावती

इलाम : इलाम प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (२) का उम्मेद्वार हर्कबहादुर लावती (कान्छा) ले लोकतन्त्रको सुदृढ, संविधानको रक्षा एवम् संघीयताको कार्यान्वयनका लागि गठबन्धनलाई मत दिन अपिल गरेका छन् ।

विहीबार इलामको चुलाचुली गाउँपालिका ४ स्थित आइतबारेमा भएको गठबन्धको अगुवा कार्यक्रम भेटघाट कार्यक्रमलाई संक्षिप्त संबोधन गर्दै लावतीले त्यस्तो अपिल गरेका हुन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य उम्मेद्वार खड्काले प्रतिगमनको विरुद्धमा गठबन्धन भएको भन्दै संविधानको रक्षा गर्न र राष्ट्र बचाउनकै लागि गठबन्धनको उम्मेद्वारलाई जिताउन अपिल गरे । संविधान मास्ने, भ्रष्ट्राचारी, तानाशाही र स्वेच्छाचारी केपी ओलीको विकल्पमा गठबन्धन बनेको बताउँदै खड्काले संविधानको रक्षा गर्न र राष्ट्र बचाउनका लागि गठबन्धनलाई मत दिन अपिल गरेका हुन् ।

उम्मेद्वारहरुले निर्वाचन पाएपछि पहिलोपटक चुलाचुलीमा लोकतान्त्रिक बाम गठबन्धनको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा उम्मेद्वारहरु खड्का र लावतीसहित नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक विजय खम्ब, कांग्रेस जिल्ला उपसभापति खगेन्द्र देवान, चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङलगायत नेताहरुको उपस्थिती थियो ।

कार्यक्रममा गठबन्धनका नेताहरुले लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गरी विजय गराउन अपिल गरेका थिए ।

नेपाली कांग्रेस,  नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनले साझा उम्मेद्वार तय गरी निर्वाचनमा होमिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार