सत्तारूढ गठबन्धनका दलहरूले कहाँ-कहाँ दिए उम्मेदवारी

इलााम : मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवार बनेकाहरूको अन्तिम नामावली निर्वाचन आयोगले प्रकाशन गरेको छ।

बुधबारसम्म आयोगले उम्मेदवारी फिर्ता लिन समय दिएको थियो। विभिन्न क्षेत्रमा विभिन्न दलका आधिकारिक, बागी र स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता गरेका थिए।

बिहीबारसम्म कायम रहेका उम्मेदवारको अब औपचारिक रूपमा उम्मेदवारी फिर्ता हुँदैन।

सत्तारूढ गठबन्धनका दलहरूलाई सिट बाँडफाँट टुंग्याउन लामो समयसम्म सकस परेको थियो। त्यही सकसका बीच सत्तारूढ जनता समाजवादी पार्टी  नेकपा (एमाले) सँग गठबन्धन गर्न पुग्यो भने सत्ता गठबन्धनबाहिर रहेको लोकतान्त्रिक समाजवादी गठबन्धनसँग जोडियो। उम्मेदवारी दर्ताको दिनसम्म गठबन्धनले औपचारिक रूपमा कुन दलले कति सिटमा उम्मेदवारी दिने टुंगो भयो भन्ने जानकारी दिएको थिएन।

अन्तिम नामावली प्रकाशन भएपछि उनीहरूले कुन-कुन क्षेत्रमा उम्मेदवारी दिएका छन् भन्ने टुंगो भएको छ। तर अझै पनि दलहरूले एकाध क्षेत्रमा कसले कसलाई सहयोग गर्ने भन्ने मिलाइरहेका छन्।

यी हुन् कांग्रेसले उम्मेदवारी दिएका क्षेत्र:

१. पाँचथर- १

२. इलाम-२

३. झापा-१

४. झापा-३

५. झापा-४

६. झापा-५

७. संखुवासभा

८. तेह्रथुम

९. धनकुटा

१०.मोरङ-१

११.मोरङ-२

१२.मोरङ-३

१३.मोरङ-६

१४.सुनसरी-२

१५.सुनसरी-३

१६.सुनसरी-४

१७.सोलुखुम्बु

१८.ओखलढुंगा

१९.उदयपुर-१

२०.सप्तरी-१

२१.सप्तरी-३

२२.सप्तरी-४

२३.सिराहा-१

२४.सिराहा-२

२५.धनुषा-२ (एकीकृत समाजवादीको बागी)

२६.धनुषा-४

२७.महोत्तरी-४

२८.सर्लाही-४

२९.रौतहट-२

३०.रौतहट-४

३१.बारा-१

३२.पर्सा-२

३३.पर्सा-३

३४.पर्सा-४

३५.रामेछाप (एकीकृत समाजवादीको बागी)

३६.सिन्धुली-१

३७.रसुवा

३८.धादिङ-२

३९.नुवाकोट-२

४०.काठमाडौं-१

४१.काठमाडौं-१० (माओवादीको बागी)

४२.काठमाडौं-३ (माओवादीको बागी)

४३.काठमाडौं-४

४४.काठमाडौं-५

४५.काठमाडौं-६

४६.भक्तपुर-२

४७.ललितपुर-१

४८.काभ्रे-२

४९.सिन्धुपाल्चोक-२

५०.चितवन-१

५१.चितवन-२

५२.मकवानपुर-१

५३.गोरखा-१

५४.मनाङ

५५.कास्की-१

५६.तनहुँ-१

५७.तनहुँ-२

५८.स्याङ्जा-१

५९.स्याङ्जा-२

६०.नवलपरासी पूर्व-१

६१.नवलपरासी पूर्व-२

६२.मुस्ताङ

६३.पर्वत

६४.म्याग्दी

६५.पाल्पा-१

६६.अर्घाखाँची

६७.रूपन्देही-३

६८.रूपन्देही-४

६९.रूपन्देही-५

७०.कपिलवस्तु-२

७१.कपिलवस्तु-३

७२.दाङ-३

७३.बाँके-२

७४.बाँके-३

७५.बर्दिया-१

७६.नवलपरासी पश्चिम-१

७७.नवलपरासी पश्चिम-२

७८.मुगु

७९.दैलेख-२

८०.सुर्खेत-१

८१.सुर्खेत-२

८२.बाजुरा

८३.अछाम-२

८४.कैलाली-१

८५.कैलाली-४

८६.कैलाली-५

८७.दार्चुला

८८.डडेल्धुरा

८९.कञ्चनपुर-२

९०.कञ्चनपुर-३

९१. गुल्मी-१

माओवादी केन्द्रले उम्मेदवारी दिएका क्षेत्र:

  • ताप्लेजुङ
  • झापा-२
  • मोरङ-४
  • मोरङ-५
  • सुनसरी-१
  • भोजपुर
  • खोटाङ
  • सिराहा-३
  • धनुषा -१
  • महोत्तरी-१
  • सर्लाही-२
  • सर्लाही-३
  • रौतहट-३
  • बारा-२
  • दोलखा
  • सिन्धुली- २
  • सिन्धुपाल्चोक-१
  • काभ्रे-१
  • ललितपुर-३
  • काठमाडौं-२
  • काठमाडौं-७
  • काठमाडौं-९
  • नुवाकोट-१
  • भक्तपुर-१
  • चितवन-३
  • गोरखा-२
  • लमजुङ
  • कास्की-३
  • बाग्लुङ-२
  • कपिलवस्तु-१
  • दाङ-२
  • बाँके-१
  • बर्दिया-२
  • रूकुम पूर्व
  • रोल्पा
  • जाजरकोट
  • जुम्ला
  • कालिकोट
  • हुम्ला
  • रूकुम पश्चिम
  • कैलाली-२
  • कैलाली-३
  • कञ्चनपुर-१
  • बैतडी

नेकपा (एकीकृत समाजवादी)ले उम्मेदवारी दिएका क्षेत्र:

  • इलाम- १
  • उदयपुर- २
  • सिराहा-४
  • रौतहट-१
  • बारा-४
  • मकवानपुर-१
  • धादिङ-१
  • काठमाडौं-८
  • ललितपुर-२
  • कास्की-२
  • गुल्मी- २
  • पाल्पा-२
  • दाङ-३
  • सल्यान
  • दैलेख-१
  • अछाम-१
  • डोल्पा
  • डोटी
  • बझाङ

लोकतान्त्रिक समाजवादी पार्टीले उम्मेदवारी दिएका क्षेत्र:

  • सप्तरी- २
  • धनुषा-३
  • महोत्तरी-२
  • महोत्तरी- ३
  • सर्लाही-१
  • सर्लाही- २ (गठबन्धनका अरू दलको समर्थन नेसपा उम्मेदवारलाई)
  • बारा-३
  • पर्सा-१

राष्ट्रिय जनमोर्चाले उम्मेदवारी दिएका क्षेत्र:

  • बाग्लुङ- १
  • प्युठान

रूपन्देही-१ मा सत्ता गठबन्धनले नेकपा एमाले परित्याग गरी रूपन्देही-१ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई समर्थन गरेको छ भने रूपन्देही-२ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका राजु गुरूङको उम्मेदवारी खारेज भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार