ईलाम : ईलाम नगरपालिका ३ पुवामझुवामा छैठौं पुवामझुवा खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता २ कात्तिकदेखि हुने भएको छ ।
प्रतियोगिता स्थानीय पुवामझुवाको थलथले खेलमैदानमा संचालन हुनेछ ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डरलाई समेत विधागत पुरस्कार राखिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको फाईनल गाई तिहारको दिन हुनेछ ।
२०७३ सालदेखि निरन्तर पुवामझुवा गोल्डकप संचालन हुँदै आएको थियो । कोभिडको समयमा भने स्वास्थ्य जोखिमका कारण बाहिरका टिमहरुलाई सहभागी नगराई स्थानीय टोलस्तरीय भएपनि प्रतियोगिता आयोजना गरिएको थियो ।