आहा ! इलामका मेयर केदार थापाको कृषिकर्म

लहलह झुलेका धानका बाला देखी मुखै रसाउने लटरम्म फलेका फलफुल आफ्नै बारीमा

इलाम : कुर्सीमा पुगेपछि कुर्सीबाहेक सबै कुरा बिर्षने प्रवृति नेपाली राजनीतिकर्मीमा हाबी छ । राजनीतिलाई नै व्यापार ठान्ने घातक प्रवृति उत्तिकै मौलाउँदो अवस्थामा देखिन्छ । सुन्दा अचम्म लाग्न सक्छ तर कतिपय यस्ता पनि जनप्रतिनिधि छन्, जसले जीविकोपार्जनको पाटो राजनीति होइन, फरक क्षेत्रलाई बनाएका छन् । जसमध्ये एक हुन् पुर्बी नेपालको इलाम जिल्लाको इलाम नगरपालिकाका (प्रमुख) मेयर केदार थापा ।
इलाम नगरपालिका–६ मा घर रहेका मेयर केदार थापाले घरसँगै रहेको जग्गामा एकसाथ व्यावसायिक फलफुल खेती , तरकारी खेती, माछा पालन सँगै अलैची खेती गर्दै आउनुभएको छ । जसबाट मनग्य आम्दानी समेत गर्दै आएको उहाँले बताउनुभयो ।

मेयर थापाले भन्नुभयो, ‘राजनीति व्यापार होइन, सेवा हो । यसमा आश्रित हुने प्रवृत्ति मुलुकको लागि दूर्भाग्य हो । मेरो पारिवारिक जीविकोपार्जनको बाटो नितान्त कृषि पेशा नै हो । संयुक्त परिवारमा बस्दै आउनुभएका उहाँ नगरपालिका जानु अघि र नगरालिका बाट घर फर्केलगत्तै घरपरिवारसँग कृषि कर्ममा खटिहुन्छ । उत्पादित कृषि उपज परिवारजनले नजिकै रहेको सदरमुकाम इलाम बजारसम्म पु¥याउँने गरेका छन् । परिवारलाई चाहिने फलफुल, तरकारी आफ्नै बारीमा उत्पादन गरिरहनुभएको छ । मेयर थापाले बाझो जमिनमा समय अनुकुल कृषि खेती गुर्नुपर्र्ने बताउहुन्छ ।

२०२१ सालमा बुवा तीलकबहादुर थापा र आमा कृष्णकुमारी थापाको पुत्र रत्नका रुपमा इलाम नगरपालिकामा जन्मिनुभएका थापाको बाल्यकाल सामान्य थियो । बाल्यकालदेखि नै नेपाली कांग्रेसमा आस्था राख्नुभएका थापाले नेपाली कांग्रेस बाट २०७९ सालको स्थानीय तह निर्वाचनमा इलाम नगरपालिकाको मेयरमा भारी मतले विजय बन्नुभएको हो ।

कार्यालय समयका साथै अन्य समयमा पनि जनताकै सेवामा समर्पित उहाँ जनताको सेवाबाट बाँकी रहेको समयलाई सदुपयोग गरी कृषि कर्ममा अगाडी बढेपछि पौरखी व्यक्तित्वको रुपमा पनि आफ्नो छवि बनाउनुभएको छ । उहाँले थापा अर्गानिक कृषि फर्म नै दर्ता गरेर ब्यबसायक रुपमा खेती गरिरहनु भएको छ भने केहीलाई उहाँको फर्ममा रोजगारी समेत दिनुभएको छ । समय धेरै मूल्यवान रहेको बताउने उहाँ मूल्यवान समयलाई कार्यालयबाट फर्केपछि केही समयमा बेमौसमी तरकारी खेती, एभोकाडो ,कागती र सुन्तला बगानको स्यारसुसारमा लाग्नुहुन्छ । ५० रोपनी भन्दा बढिमा उहाँले २ सय बोट एभोकाडो,उतिकै संख्यामा कागती र सुन्तला लागाउनुभएको छ ।

यति मात्र होइन उहाँको खेत बारीका अहिले लहलह झुलेको धानको बाला र लटरम्म फलेका अम्बा र अमला देख्न सकिन्छ । माछा पालनलाई उतिकै प्राथमिक्ता दिनुभएको थापाले केही जग्गामा अलैची पनि लगाउनुभएको छ । उहाँको खेतीमा परिवारको सदस्यहरूको राम्रो साथ र सक्रियता रहेको छ । अहिले उहाँको बारीमा साग, करेला, बोडी, फर्सी लगायत तरकारी फलेका छन् । माछापोखरीमा माछा खेलिरहेका छन् । व्यावसायिक कृषि कर्मले उहाँको परिवारका सदस्यहरूलाई घरमै स्वरोजगार भएका छन् । जुनकारणले निर्वाहमुखी कृषि पेशालाई व्यावसायिक बनाउँदै गएका बताउनुहुन्छ ।

इलामका अधिकांश स्थानीय कृषि पेशामा नै आवद्ध छन् भने इलाम नगरपालिकाले समेत कृषिलाई मुख्य प्राथमिक्तामा राखेको छ । यसैले पनि कतिपयले मेयर थापाबाट नै सिको गर्दै व्यावसायिक कृषि पेशालाई अगाडि बढाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार