हाम्रा देशका कुनैकुनै नेताले नेपाललाई पनि सिंगापुर जस्तो बनाउने भनेको कतैकतै सुनेका छौं । तर, नेपाललाई सिंगारपुर जस्तो बनाउने भन्ने ती नेताहरुले पनि वास्तवमा सिंगापुर भनने देश कस्तो त ? आप्mनै आँखाले प्रत्यक्ष रुपमा देखेका छैनन् । तापनि उनीहरु नेपाललाई सिंगापुर बनाउने कुरो गर्न भने छाड्दैनन् । हुन पनि हो, सिंगापुर त्यसै विश्वका अरु देशका लागि दाँज्न योग्य वा भनौं विश्वका अल्प विकिशत र अविकशित देशहरुका लागि ‘रोल मोडेल’ भएको होइन ।
सिंगापर भूगोलको आधारमा धेरै सानो छ, सिंगापुरसँग प्राकृतिक स्रोत र साधन पनि खासै छैन । तापनि सिंगापुर विकसित देशहरुको सूचीमा सिंगापुर १२ औं स्थानमा रहेको छ । त्यस्तै मानव विकास, विज्ञान, सूचना, प्रविधि, समुन्द्री मार्गबाट हुने व्यापार, पूर्व-पश्चिम र उत्तर-दक्षिण-पोर्ट, कलकारखाना, हवाई सेवाको सुगमता, जलयात्राको सहज पहुँच र सामुन्द्रिक बन्दगाह, पर्यटन उद्योगमा मारेको छलाङ, विश्व व्यापारको केन्द्र, सामुन्द्रिक यातायात, बैंक, वित्त, जल यातायात, सेवा क्षेत्र आदिका कारण सिंगापुर हाम्रो देशभन्दा कता हो कता अगाडि रहेको देखिन्छ । त्यस्तै विश्व बैंकले सन् २०२१ मा जारी गरेको तथ्यांकअनुसार सिंगापुरको प्रति व्यक्ति आय मात्रै ७२ हजार ९४ अमेरिकी डलर छ । जबकि नेपालको प्रति आय केवल १ हजार २२२ रहेको छ । उता ‘मानव विकास सूचांक २०२२’ मा सूचीकृत देशहरुको सूचीमा पनि सिंगापुर ११ औं स्थानमा रहेको छ भने नेपाल १३९ औं स्थानमा रहेको छ । यसरी हरेक दृष्टिले हेर्दा भूगोल र जनसंख्या बाहेक संभवतः सबै कुरोमा नेपालभन्दा सिंगापुर कहाँ हो कहाँ अगाडि रहेको छ । त्यस्तै विदेशी पर्यटक भित्र्याउने सन्दर्भमा पनि नेपालले सिंगापुरलाई सयौं वर्षसम्म भेटाउन नसक्ने देखिन्छ । त्यसैले यो लेख सिंगापुर र नेपालमा विदेशी पर्यटक आगमन संख्याबारे तुलनात्मक ढंगले विश्लेषण गरेर लेखिएको छ ।
त्यसरी तुलना गरेर हेर्दा सन् २०२१ मा सिंगापुरले ३३ लाख विदेशी पर्यटक भित्र्याउन सफल भएको छ भने, सो वर्ष नेपालमा चाहिँ १ लाख ५० हजार ९६२ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए । सन् २०१९ को डिसेम्बर अन्तिम ताका चीनबाट पैmलन सुरु भएको नोभेल कोरोना (कोभिड-१९) महामारी कोरोना महामारीका कारण सिंगापुरले आप्mनो देशमा भ्रमण गर्न आउने विदेशी पर्यटकलाई कडाईका साथ कोरोना महामारी सम्बन्धी नियम र कानुन पालना गराएको थियो । आप्mनो देश भ्रमण गर्न आउने विदेशी पर्यटकलाई त्यसरी कडाईका साथ नियम र कानुनहरु पालन गराउँदा पनि ३३ लाख विदेशी पर्यटक भित्रिनु भनेको निश्चय नै ख्याल-ठट्टा होइन । साथै सिंगापुर भ्रमणमा आएका ती ३३ लाख विदेशी पर्यटकबाट सो वर्ष १ दशमलब ९ बिलियन सिंगापुरियन मुद्रा पनि आर्जन गर्न सफल भएको छ । सिंगापुर पर्यटन बोर्ड (एसटीबी) का अनुसार सन् २०१९ को डिसेम्बर अन्तिममा चीनबाट विश्वव्यापी रुपमा पैmलन सुरु भएको कोरोना महामारीकै बीच सन् २०२० मा पनि २७ लाख विदेशी पर्यटकले सिंगापुर भ्रमण गरेका थिए । विदेशी पर्यटकले ४.०४ बिलियन सिंगापुर डलर खर्च गरेका थिए ।
नेपालमा सन् २०२० मा २ लाख ३० हजार ८५ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए भने विदेशी पर्यटकबाट भएको आमदानी २१ अर्ब ७ लाख नेपाली रुपैँया बराबरको विदेशी मुद्रा मात्रै भएको थियो । एसटीबीको तथ्यांकअनुसार सन् २०१९ को तुलनामा सन् २०२० मा ८७ दशमलब ७ प्रतिशत कम विदेशी पर्यटकले सिंगापुर भ्रमण गरेका थिए भने नेपालमा चाहिँ लगभग ९१ प्रतिशतले कमी रहेको थियो । त्यस्तै तथ्यांकअनुसार सन् २०१९ मा चाहिँ सिंगापुरमा १९ दशमलब १ मिलियन अर्थात् १ करोड ९१ लाख विदेशी पर्यटकले भ्रमण गरेका थिए । साथै ती विदेशी पर्यटकले सिंगापुर भ्रमणका क्रममा २७ दशमलब ७ बिलियन सिंगापुर डलर खर्च गरेका थिए । नेपालमा चाहिँ सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए । साथै सो वर्ष नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट ७२ अर्ब ४३ करोड ३७ लाख नेपाली रुपैँया बराबरको विदेशी मुद्रा आमदानी गरेको तथ्यांक रहेको छ ।
सन् २०२२ मा चाहिँ ४० लाखदेखि ६० लाख विदेशी पर्यटकले सिंगापुर भ्रमण गर्ने भनी एसटीबीले अग्रिम प्रक्षेपण गरेको छ । हुन पनि सन् २०२२ को प्रथम ६ महिनामै १५ लाखभन्दा बढी विदेशी पर्यटकले सिंगापुरको भ्रमण गरिसकेका छन् । एसटीबीको तथ्यांकमा जनाईएअनुसार सन् २०२० मा सिंगापुर भ्रमणमा आउने सबैभन्दा धेरै पर्यटक इन्डोनेसियाका रहेका थिए भने दोस्रोमा भारत, तेस्रोमा मलेसिया, चौथोमा अष्ट्रेलिाया र पाँचौमा फिलिपिन्स रहेका थिए । एसटीबीको पछिल्लो तथ्यांकमा जनाईएअनुसार सन् २०२० मा इन्डोनेसियन पर्यटक २ लाख ८२ हजार, भारतीय पर्यटक २ लाख १९ हजार, मलेसियन पर्यटक १ लाख ३९ हजार, अष्ट्रेलियन पर्यटक १ लाख २५ हजार र फिलिपिनी पर्यटक ८१ हजारले सिंगापुर भ्रमण गरेको देखिन्छ । त्यस्तै सन् २०२१ मा चाहिँ ५४ हजार भारतीय पर्यटकले मात्रै सिंगापुरको भ्रमण गरेको देखिन्छ ।
सन् २०१९ सम्मको तथ्यांक हेर्दा हरेक वर्ष चिनियाँ पर्यटकहरु सिंगापुर भ्रमण गर्ने विदेशी पर्यटकको प्रथम स्थानमा रहने गरेका थिए । तथ्यांकअनुसार सन् २०१९ मा ३० लाख ६४ हजार चिनियाँ पर्यटकले सिंगापुर भ्रमण गरेका थिए । त्यस्तै सो वर्ष ३० लाख ८ हजार इन्डोनेसियन पर्यटकले सिंगापुर भ्रमण गरेर दोस्रो स्थानमा रहेको देखिन्छ भने, १० लाख ४२ हजार भारतीय पर्यटकले सिंगापुर भ्रमण गरेर तेस्रो स्थानमा रहेका थिए । तर, चीन सरकारले आप्mनो देशबाट सन् २०१९ को डिसेम्बरबाट पैmलन सुरु भएको नोभेलकोरोना (कोभिड-१९) को महामारीपछि आप्mना देशका नागरिकलाई जताभावी विदेश भ्रमण गर्न कडाई गरेका कारण हालसम्म चिनियाँहरु पर्यटक भएर विदेश भ्रमण गर्न निक्लन सकेका छैनन् । संभवतः चीन सरकारले यो वर्षको अन्त्यतिर आप्mना देशका नागरिकलाई विदेश (जुनसुकै देशमा) भ्रमण गर्न दिने निणर्य गर्ला कि ?
खासमा हामीले सन् २०२२ मै पर्यटन क्षेत्रमा सिंगापुरले जस्तो संख्या र गुणस्तर दुवैमा अचाक्ली प्रगति र उन्नति गरिहाल्न नसके तापनि नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या कम्तिमा ५ लाख कटाउँछौं कि ?
त्यसो त पर्यटन क्षेत्रमा हाम्रो मृग-तृष्णा भनेको सन् १९९८ देखिको हो । किनभने, सो वर्ष नेपालमा ५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिईएको थियो । तर, ४ लाख ६३ हजार ६८४ जना विदेशी पर्यटक मात्रै नेपाल आएका थिए । त्यस्तै सन् २००२ मा ‘अन्तर्राष्ट्रिय पर्वतीय वर्ष-२००२’ मनाईएको थियो । फेरि २०११ मा पनि १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष-२०११’ मनाईएको थियो । तर, सो वर्ष त केवल ७ लाख ३६ हजार २१५ जना विद्ेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए । सन् २०१२ मा ‘भिजिट लुम्बिनी ईयर-२०१२’ मनाईएको थियो । त्यस्तै सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित अर्को पटक ‘भिजिट नेपाल ईयर-२०२०’ मनाउने घोषणा गरिएको थियो । तर, कोरोना महामारी पैmलिएका कारण तत्कालीन सरकारले सो घोषणा भने फिर्ता लिएको थियो । यता कोरोनाले विदा लिने नलिने टुंगो नहुँदै फेरि पनि सन् २०२३ देखि २०३३ सम्मलाई ‘भ्रमण दशक-२०२३/२०३३’ (अंक/संख्या नतोकी !?) मनाउने भनी सरकारले घोषणा गरेको छ । यसरी विदेशी पर्यटक नेपाल भित्र्याउने सन्दर्भमा भन्नु पर्दा कहिल्यै पूरा नहुने ‘मृग-तृष्णा !’ लिएर हिडिँरहेका छौं, हामी नेपालीहरु ।