सकियो शारदीय चाड दसैं !

  निनाम लोवात्ती
63 Shares

निनाम लोवात्ती

हरेक वर्षको शरद ऋतुमा मनाईने चाडको नाम हो ‘-दसैं’ । शरद ऋतुको पनि प्रायः असोज महिनाको दोस्रो हप्तादेखि कात्तिक महिनाको पहिलो हप्ताभित्र पर्ने गर्छ । यही कारण पनि दसैं चाडलाई शारदीय चाड भन्ने गरिन्छ । हुन पनि बर्षायाम सकिए लगत्तै आउँछ -दसैं चाड । दसैंको पनि अनेक नाम रहेका छन् । जस्तै ‘दशेरा, दसैं, शारदीय चाड, मोहनी, बडा दसैं, दूर्गा पूजा, नवरात्री, टीका, विजया दशमी’ आदि । दुःखको कुरो, यो वर्षको दसैं ‘हिले दसैं’को रुपमा रह्यो । किनभने, नवमीदेखि आजसम्म (द्धादशी) पनि दर्के पानी, झरी पानी र सिमसिमे पानी परिरहेको छ । जे होस्, अनेक नाम हरेको जस्तै ‘दशेरा, दसैं, शारदीय चाड, मोहनी, बडा दसैं, दूर्गा पूजा, नवरात्री, टीका, विजया दशमी’ दसैं मान्ने आगामी दिनहरु ऋझ हिले वा हिलोमय होला कि ? भन्ने देखिन्छ । यसको मुख्य कारण के हो भने, हाल अश्वाभाविक रुपमा बढी रहेको जलवायु परिवर्तन र वायु प्रदुषणका कारण आजभोलि वर्षायामको समय पनि बढ्दै गएको देखिन्छ । हुन पनि यो वर्ष असोज महिनाको तेस्रो हप्तातिर आई पुग्दा पनि नियमित रुपमा हुने वर्षा रोकिएको छैन, यो वर्ष । जल तथा मौसमविदहरुका अनुसार अभैm केही दिन (तीन दिन) लाग्न सक्ने देखिन्छ, यो वर्षको नियमित वर्षा रोकिनलाई ।

जे होस्, नेपालमा जे कुरोमा पनि राजनीति हुने गरेको छ । यो कुरो कसैले पनि अस्वीकार गर्न सक्दैन । त्यस्तै दसैं चाडका सम्बन्धमा भन्नु पर्दा कतिपय मानिसहरुले यो चाडलाई दसैं मात्रै नभनेर ‘बडा दसैं’ भन्ने गर्छन् र, अरुलाई पनि ‘बडा दसैं’ भन्नु पर्छ भनी दवाव नै दिने गर्छन् । खासा आम रुपमा हेर्ने हो भने, गाउँघरमा दसैं भनेको खास गरेर चार दिन मात्रै रुपमा मनाईने गरिन्छ । त्यसो भए तापनि हिन्दु धर्म शास्त्रको आधामा चाहिँ असोज शुक्ल प्रतिपदादेखि नै दसैं चाड सुरु भएको मानिन्छ । किनभने, असोज शुक्ल प्रतिपदादेखि कोजाग्रत पूणर्िमासम्मको १५ दिनलाई नै दसैं भन्ने/मान्ने गरिन्छ । यो लेख लेख्दै गर्दा यो वर्षको बडा दसैं चाडको चौधौ औं दिन  चलिरहेको छ । गएको १० असोजदेखि यो वर्षको बडा दसैं चाड सुरु भएको थियो । अझ बडा दसैँ चाड त नेपालका हिन्दु धर्म मान्ने मानिसहरुको प्रमुख चाड पनि हो । त्यस्तै कतिपय हिन्दु धर्म मान्ने नेपालीहरुले यो चाडको अवसरमा ‘नव दूर्गा’को आजा-पूजा पनि गर्ने गर्छन् । ती नव दूर्गा (नौ वाट देवी) हरुको नाम क्रमशः शैलपुत्री, ब्रह्मचारीणी, चन्द्रघण्टा, कुशमाण्डा, स्कन्दमाता, कात्यानी, कालरात्री, महागौरी र शिद्घिदात्री रहेका छन् ।

यी नौं देवीहरको पूजा गर्नुमा पनि धार्मिक मान्यताका साथै राजनीतिक अथृ पनि लुकेको देखिन्छ । जे भए तापनि हिन्दु देव-देवी स्थलमा नव दूर्गाका भव्य आजा-पूजा गर्ने गरिन्छ । हिन्दु धर्म मान्ने सम्प्रदायमा रहेको विश्वासअनुसार दसैंको वेला नव दूर्गाको आजा-पूजा गरेमा आयु लामो हुने, दीर्घ र असाध्य रोग नलाग्ने, अनिष्ट नहुने र अनेक प्रकारका बन्धनबाट मुक्ति पाईने, जीवनमा आईपर्ने दुःख-कष्टबाट मुक्ति पाईने, बुद्घि, विवेक र ज्ञान प्राप्त हुने, व्यापार, व्यवसाय बढ्ने, राज्यस्तरमा सेवा, सुविधा पाईने, रोजगारी पाईने, आपूmले चाहेको कुरो पुग्ने, शारिरीक सुन्दरता बढ्ने, चिताएको काम पूरा हुने, कार्यसिद्घि प्राप्त हुने, मुद्घा-मामिलामा सफलता प्राप्त हुने, दुर्घटनाबाट बचिने, आकस्मिक विपत्तिबाट बचिने, आप्mनो परिवार र सन्तानलाई सुख प्राप्त हुने, कुनै पनि नराम्रो समाचार सुन्न नपर्ने, अकाल मृत्युबाट बचिने लगायत विश्वास रहेको छ ।

वास्तवमा भन्ने हो भने यो वर्षको दसैं विगतका दुई वर्षको दसैंभन्दा सबै कुरोले भव्य  विशेष रह्यो भन्नु पर्ने हुन्छ । किनभने, विसं २०७६ को पुस-माघतिर चीनबाट पैmलन सुरु भएको नोभेलकोरोना भाइरस (कोभिड-१९) का कारण देश, विदेशमा रहेकाख नेपालीहरुले विगत दुई वर्षमा मनाईएको दसैं चाडमा खासै रौनक थिएन । किनकि, कामाण्डौ लगायत सहर बजारमा अस्थाई रुपमा बस्दै आएका र विदेशमा रहेका सबै नेपालीहरुले चाहेर पनि आप्mनो गाउँघर जान पाएका थिएनन् । त्यसैले विगत दुई वर्षको दसैं उनीहरुले आप्mनो घरवरिवारमा पूणर् मिलनका साथ मनाउन पाएका थिएनन् । फलतः यो वर्ष कोरोना केही मत्थर भएको अवसरमा विदेश गएका र मोफसलबाट कामाण्डौ आएर अस्थाई रुपमा बसी रहेका लगभग २० लाख नेपालीहरुले कामाण्डौ छाडेको अनुमान गरिएको छ । यसरी हेर्दा विगतका दुई वर्षमा दसैंको अवसरमा भेटघाट हुन नपाएका र परिवारसँग तितरवितर भएका नेपालीहरुको पुनः मिलनको अवसर पनि भयो, यो वर्षको दसैं । दसैं मान्नका लागि यो वर्षको घटस्थापना अघिदेखि नै दैनिक हजारौंले काठमाण्डौ छाड्न थालेका थिए भने, घटस्थापनाको दिनदेखि त एक लाखभन्दा बढी यात्रुहरु सडक मार्ग  हवाई मार्ग हुँदै कामाण्डौबाट बाहिरिएका थिए । यो क्रम महानवमीसम्मै जारी रहेको थियो । जे होस्, विसं २०७९ को बडा दसैं हामी सबैले (दसैं नमान्ने समुदायले पनि खास दसैं मान्ने समूह र वर्गले भन्दा दुई तीन गुणा बढी खर्च गरेर,जाँड-रक्सी र मासुभात खाएर !?) उदारता र संयमताका साथ मनायौं ।

त्यसैले आशा गरौं, भोलिका दिनमा आउँदै गरेको काठमाण्डौ उपत्यकाका आदिवासी समुदायले मनाउने ‘म्ह पूजा’ र ‘न्यूँ दयाँ’, त्यस्तै मधेसी समुदायले मनाउने ‘छठ पर्व’, लिम्बु समुदायले मनाउने ‘चासोक तङनाम, कुलुङ समुदायले मनाउने ‘चाक्चाकूर, गुरुङ समुदायले मनाउने ‘तोला ल्होसार’, मगर समुदायले मनाउने ‘माघे/मकर सक्रान्ती’, थारु समुदायले मनाउने ‘माघी’, तामाङ समुदायले मनाउने ‘सोनाम ल्होसार’, शेर्पा समुदायले मनाउने ‘ग्याल्पो ल्होसार’, चेपाङ समुदायले मनाउने ‘चोनाम’ आदिको चाडपर्वको अवसरमा (स्मरणीय के छ भने ह््योल्मो, कार्मारोङ, सिङसावा, ठ्युक्चुलु, न्हिन्वा, लोवा आदि समुदायले पनि ल्हनोसार मनाउने गर्छन् ।) दसैं मान्ने समूह र वर्गले पनि उललासमय ढंगले मनाई दिऊन् । माथि उल्लेखित चाडपर्व पनि दसैं चाड जत्तिकै महत्वपूण्र्म हो, त्यसैले ती चाडपर्व पनि हामी सबै नेपालीहरुको चाडपर्व हो भन्ने महसुस गरिदिऊन् भन्ने आग्रहसतिह २०७९ को बडा दसैंको हार्दिक मंगलमय शुभकामना…

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार