इलाममा प्रतिनिधिसभा १ मा ११ को मनोनयन दर्ता (उम्मेद्वारको सूचिसहित)

झलनाथ खनाल

इलाम : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि इलाममा २५ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । दुईवटा निर्वाचन क्षेत्र रहेको इलाममा प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर १ मा  ११ जनाले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् ।

क्षेत्र नम्बर १ मा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालसहित ८ राजनीतिक दल र ३ स्वतन्त्र गरी ११ जनाले मनोनयन दर्ता गरेका छन् ।

क्षेत्र नम्बर १ मा खनाललाई सत्ता गठबन्धनको साथ छ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को समथर्नमा खनालले मनोनयन दर्ता गरेका हुन् । सो क्षेत्रमा खनाललाई चुनौती दिन नेकपा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत, जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष कमलकुमार राई, नेपाली कांग्रेस (वि.पी.) का गणेशप्रसाद पौडेल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जीतकुमार मुखिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ शर्मा सापकोटा, राष्ट्रिय जनमुक्तिका पदमबहादुर लिम्बू र मंगोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचेले मनोनयन दर्ता गरका छन् ।

त्यस्तै नीमातेन्जिङ शेर्पा, नेत्रप्रसाद रेग्मी र विक्रम पाण्डेले स्वतन्त्रको हैसियतमा मनोनयन दर्ता गरका छन् । सो क्षेत्रमा खनाल र बस्नेतबीच मुख्य प्रतिष्पर्धा हुने अनुमान छ । बस्नेत इलाम नगरपालिकाका निवर्तमान नगरप्रमुख हुन् ।

महेश बस्नेत

सो क्षेत्रको प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (१) मा ८ र १ (२) मा ६ जनाले मनोनयन दर्ता गरेका छन् ।

क्षेत्र नम्बर १ (१) मा सत्ता गठबन्धनका तर्फबाट प्रदेश १ की संस्कृति तथा पर्यटनमन्त्री एवं एकीकृत समाजवादीकी नेतृ खिनु लङ्वा (लिम्बू) ले मनोनयन दर्ता गरेकी छन् । लङ्वालाई चुनौती दिन एमालेकी शोभा पराजुली, मंगोल नेशनल अर्गनाइजेशनका अनुपंदेव माक्रेहाङ, मौलिक जरोकिलो पार्टीका आशिष महत, राष्ट्रिय प्रजातन्त्र पार्टीका कृष्ण कट्टेल, राष्ट्रिय जनमुक्ति पार्टीका दलप्रसाद लिम्बू, जनता समाजवादी पार्टी नेपालका लिलाबहादुर सुनुवार र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सुस्मा फागोले मनोनयन दर्ता गरेका छन् । सो क्षेत्रमा लङ्वा र पराजुलीबीच मुख्य प्रतिष्पर्धा हुने अनुमान छ । पराजुली सन्दकपुर गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष हुन् ।

क्षेत्र नम्बर १ (२) मा गठबन्धनका तर्फबाट रोङ गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं कांग्रेसका क्षेत्रीय सभापति समशेर राईले मनोनयन दर्ता गरेका छन् । राईलाई चुनौती दिन एमालेका तर्फबाट माई नगरपालिकाका निवर्तमान नगरप्रमुख दिपककुमार थेवे,  राष्ट्रिय जनमुक्ति पार्टीकी इन्द्रकुमारी लुङ्गेली, जनता समाजवादी पार्टी नेपालका ओपेन्द्र राई, मंगोल नेशनल अर्गनाइजेशनका प्रेमकुमार तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रकुमार लामिछाने मनोनयन दर्ता गरेका छन् । सो क्षेत्रमा राई र थेवेबीच मुख्य प्रतिष्पर्धा हुने अनुमान छ ।

सोमबार उम्मेद्वारको विरोधमा उजुरी दिने, सोमबार र मंगलबार मनोनयनपत्र र उजुरीपत्र जाँचबुझ गरी निर्णय गर्ने र मंगलबार उम्मद्वारको नामावली प्रकाशन गर्ने, बुधबार उम्मेद्वारको नाम फिर्ता लिने, उम्मद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम निर्वाचन आयोगले तय गरको छ ।

इलाममा १ लाख ८ हजार ९ सय २३ महिला, १ लाख १५ हजार ९ सय ५२ महिला पुरुष र २ जना तेस्रो लिङ्गी गरी २ लाख २४ हजार ८ सय ७७ मतदाता रहेका छन् । जसमध्ये प्रतिनिधिसभा निर्वचन क्षेत्र नम्बर १ मा ९ हजार ५ सय ३५ र क्षेत्र नम्बर २ २ मा १ लाख १५ हजार ३ सय ४२ मतदाता रहेका छा ।

त्यसैगरी प्रदेशसभा निवाचन क्षेत्र नम्बर १ (१) मा ५५ हजार २ सय ४७, क्षेत्र नम्बर १ (२) मा ५२ हजार २ सय ८८, क्षेत्र नम्बर १ (१) मा ६० हजार ८२ र क्षेत्र नम्बर २ (२) मा ५५ हजार २ सय ६० मतदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार