इलाममा कस्को प्रतिस्पर्धा को संग ?

  नयाँ बुलन्द
196 Shares

यी हुनेछन् इलाममा नेकपा एमाले र गठबन्धनका उम्मेदवार

इलाम : इलाममा गठबन्धन र नेकपा एमालेका प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारहरु तय भएका छन् । गठबन्धनले २ प्रतिनिधिसभा र ४ प्रदेशसभाको लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो । नेकपा एमालेले केहि दिन अघि नै उम्मेदवार तय गरेको थियो ।

नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी र माओवादी गठबन्धनको उम्मेदवार आज मात्रै टुङ्गिएको हो । इलाम क्षेत्र नं १ बाट गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमाले इलामका अध्यक्ष महेश बस्नेतसंग प्रतिस्पर्धा गर्दैछन् ।

क्षेत्र नं २ बाट कांग्रेस जिल्ला सभापति डम्बर खड्काले नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष एवम पुर्वसभामुख सुवासचन्द्र नेम्वाङसंग प्रतिस्पर्धा गर्दैछन् । त्यसैगरी प्रदेश सभामा इलाम क्षेत्र नं १ (क) का १ नम्बर प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री खिनु लङ्वा र सन्दपुर गाउँपालिकाकी निर्वतमान उपाध्यक्ष शोभा पराजुली विच प्रतिस्पर्धा हुनेछ ।

इलाम क्षेत्र नं १ (ख) बाट कांग्रेस क्षेत्रिय सभापति एवम रोङ गाउँपालिकाका निर्वतमान अध्यक्ष शम्सेर राईले माई नगरपालिकाका निवर्तमान नगर प्रमुख दिपक थेवेसंग प्रतिस्पर्धा गर्दैछन् । त्यसैगरी इलाम क्षेत्र नं २ (क) बाट नेपाली कांग्रेस पूर्व क्षेत्रीय सभापति तथा प्रदेश कार्यसमिति सदस्य गोविन्द गिरीले नेकपा एमाले प्रदेश सदस्य एवम जिल्ला समन्वय समिति इलामका निवर्तमान प्रमुख गणेश बराल बिच प्रतिस्पर्धा हुनेछ ।

इलाम क्षेत्र नं २ (ख) बाट माओवादी केन्द्र इलाम सहइन्चार्ज तथा प्रदेश सदस्य हर्क लावती कान्छा र नेकपा एमाले इलामका निर्वतमान अध्यक्ष एवम पुर्व कृषिमन्त्री राम रानाबिच प्रतिस्पर्धा हुनेछ । यसअघि २०७४ सालमा प्रतिनिधिसभाको २ वटै क्षेत्र र प्रदेश सभाको ३ वटा क्षेत्रमा नेकपा एमालेले बिजय हासिल गरेको थियो ।

प्रदेशसभा इलाम क्षेत्र नं २ को (२) मा माओवादी केन्द्रले जित हासिल गरेको थियो । निर्वाचन आयोगले आज १० बजेबाट मनोनयन खुल्ला गरेको छ । उम्मेदवारहरुले आज ५ बजेसम्म मनोनयन दर्ता गर्नेछन् । साँझ ७ बजे मनोनयन गरेका उम्मेदवारको सुची प्रकाशन गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार