इलाम : आउँदो मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनका लागि इलाममा चुनावी माहोल तातेको छ । प्रतिनिधि सभा निर्बाचनका लागि दुईवटा क्षेत्र रहेको इलाममा नेपाली राजनीतिका ‘हेभी वेट’का नेताहरुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धन र नेकपा एमालेका बीच इलाममा रोचक भीडन्त हुने देखिएको छ ।
नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुभाषचन्द्र नेम्बाङ र नेकपा एकीकृत समाजबादिका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग भीड्न काँग्रेस र एमालेले नयाँ अनुहारलाई मैदानमा निकाल्ने भएका छन । इलाम क्षेत्र नम्बर १ बाट गठबन्दनका उम्मेद्वार झलनाथ खनाल सँग एमालेका नेता महेश बस्नेतले प्रतिस्पर्धा गर्ने बताइएको छ । क्षेत्र नम्बर २ बाट भने पूर्वसभामूख सुभास नेम्बाङसँग काँग्रेसका जिल्ला सभापति डम्बर खड्का मैदानमा उत्रदै छन् ।
इलाममा यसपटक स्थानीय तह निर्बाचनमा बढी स्थानमा विजयी हासिल गरेको गठबन्दन दलका आंकाक्षीहरु प्रतिनिधि सभा निर्बाचनमा स्थानीय तहजस्तो परिणाम आउने भन्दै निर्धक्क चुनावी मैदानमा छन् । पहिले तीनवटा क्षेत्र रहेको इलाममा आहिले दुईवटा क्षेत्र रहेका छन ।