इलाम : इलाम नगरपालिका वड़ा ७, इलाम नगरपालिका र रणशार्दूल गण इलामका गणपति सुनील सूबेदीको पहलमा २० बर्षपछि इलाममा ऐतिहासिक २ थान तोप फर्किएको छ । चाराली इलामका बाहिनीपति कृष्ण प्रसाद भण्डारीको प्रमुख समातीथ्यमा तथा इलाम नगरपालिकाका प्रमुख केदार थापाको आतिथ्यमा माइस्थान मन्दिरमा २० बर्षपछि तोप पुनर्स्थापित गरिएको हो । ६ महीना अगाड़ी इलामको भ्रमणमा आउनुभएका प्रधान सेनापति प्रभुराम शर्मा माइस्थान मंदिर भ्रमण तथा निशानको पुजा अर्चना गर्न माइस्थान मन्दिर आउनुभएका प्रधान सेनापतिसमक्ष इलाम नगरपालिकाका विशिष्ट नागरिक युद्धप्रसाद बैद्य, पुर्व वडाध्यक्ष नरेश श्रेष्ठ, माइस्थान धार्मिक क्षेत्र विकास समितिका अर्जुन श्रेष्ठ, नारायण श्रेष्ठ, इन्द्र श्रेष्ठ, अञ्जली प्रधान, बालकुमारी देवान, प्रेम दियाली, सुनिता कर्मचार्य लगायतले अनुरोध गरेका थिए । सो लागत्तै पुनः निर्वाचित वड़ाध्यक्ष नरेश श्रेष्ठ ज्यूले नयाँ वड़ाको पहिलों बैठक बाट निर्णयनै गरेर जेठ २५ गते नेपाली सेनालाई तोप फर्काउन पत्राचार गरेका थिए ।
नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले इलाममा भित्र्याएको निशान र दुई थान तोप सुरक्षाको कारण देखाउँदै २०५९ साल वैशाख २६ गते तत्कालिन शाही नेपाली सेनाले काठमाडौं लगेको थियो । इलामे जनताले हस्ताक्षर संकलन गरि तत्कालिन प्रधानसेनापतिलाई अनुरोध गरेपछि २०७४ असार २३ गते १५ बर्षपछि निशान पुन इलाम फर्काईएको थियो भने आज तोप फर्किएको छ ।
प्रधान सेनापति महारथी प्रभुराम शर्मा को इलाम भ्रमणको अवसर पारेर इलामेलीले इलामेहरुको नासो दुई थान तोप इलाममै फर्काउन प्रधानसेनापति समक्ष आग्रह गरेका थिए । तोप फर्काएर ल्याउन सकेमा तोपले धार्मिक तथा पर्यटकीय क्षेत्रमा सहयोग पु¥याउने इलामेलीले विश्वास राखिएको छ ।