इलामका जगत लामाद्वारा विपन्न परिवारलाई सहयोग

  नयाँ बुलन्द
651 Shares

इलाम : इलामका जगत लामाले अति विपन्न परिवारलाई व्यक्तिगत रुपमा सहयोग गरेका छन् ।

चाडबाडको समयमा दैनिक ज्याला मजदुरी गरेर जीवन धान्नेहरुलाई कठिन देखिएपछि इलाम नगरपालिका वडा न ३,११ र १२ साथै देउमाई नगरपालिका वडा न ७ र ८ का ३०० बडि घर धुरिलाई सहयोग गरेका हुन । जस्मा अतिबिपन्न दुई सय पच्चीस घर परिवारलाई दैनिक चलाउन सहयोग परोस् भन्ने उद्देश्यले प्रतेक घर धुरीलाई तीस केजि प्याकको चामल र एक सय ९५ परिवारलाई पाँच सय रुपैयाका दरले बितरण गरेको इलाम नगरपालिका ३ का पुर्ब वडा अध्यक्ष तिर्थमान गुरुङले जानकारी दिए ।

चाडबाडका बेला दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरुका लागि काम नपाउने हुदा सहयोग गरेको लामाले बताए ।

लामाको स्थाई घर इलाम नगरपालिका वडा न १२ रहे पनि उनी हाल युकेमा बस्दै आएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार