हरेक वर्ष झैं गत सेप्टेम्बर २ का दिन ‘विश्व पर्यटन दिवस’ मनाईयो । यो वर्षको ‘विश्व पर्यटन दिवस’ ४३ औं हो । यसरी ग्रेगोरियन अर्थात् अंग्रेजी वर्षको हरेक २७ तारिखका दिन विश्व पर्यटन दिवस मनाउने गरिन्छ । स्मरणीय छ, सन् १९८० देखि विश्वभरि औपचारिक रुपमा ‘विश्व पर्यटन दिवस’ मनाउन थालिएको हो । यो वर्षको विश्व पर्यटन दिवसको नारा ‘रि-थिङकिङ टुरिज्म’ अर्थात् ‘पर्यटन फेरि सोचौं’ रहेको थियो ।
सो अवसरमा नेपालभरिका विभिन्न पर्यटकीय स्थलका सहरबजारका पर्यटनसँग सम्बन्धित संघ, संगठनहरुले औपचारिक रुपमा विभिन्न कार्यक्रम गरेर ‘४३ औं विश्व पर्यटन दिवस’ मनाएका थिए । त्यस्तै ४३ औं विश्व पर्यटन दिवसको अवसरमा नेपालमा सञ्चालमा रहेका तारे होटेल तथा ताराविहीन होटल, कटेज, लज, गेस्ट हाउस, मनोरञ्जनात्मक क्लब, डान्स बार, क्याफे, रिफ्रेस हाउस, होमटे तथा रेस्टुरेन्टहरुले आप्mना ग्राहकका लागि विभिन्न खाले प्याकेज र छुटको व्यवस्था पनि गरे ।
यसै सन्दर्भमा यो लेखमा वर्षैपिच्छे धेरै संख्यामा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको तथ्यांक (सन् २०१२ सन् २०२१) संख्यात्मक रुप हेर्दा दक्षिणी छिमेकी देश भारतका पर्यटक रहने गरेको देखिन्छ । अझ कोरोना महामारी पछिका दुई वर्षमा त नेपाल भ्रमण गर्ने समग्र विदेशी पर्यटकको संख्यामा भारतीय पर्यटक मात्रै ४० प्रतिशतको हाराहारी रहेको देखिन्छ । यसरी तथ्यांक हेर्दा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या सँधै भारतीय पर्यटक पहिलो स्थानमा रहने गरेका छन् ।
त्यस्तै कोरोना महामारी (कोभिड-१९) अघिसम्म नेपाल भ्रमण गर्ने दोस्रो धेरै विदेशी पर्यटकको स्थानमा उत्तरी छिमेकी देश चीनका पर्यटक रहने गरेका थिए । त्यस्तै तेस्रो स्थानमाचाहिँ कहिले बेलायतका पर्यटक रहने गरेका थिए भने, कहिले अमेरिकाका पर्यटक रहने गरेका थिए । कहिलेकाहीँ चाहिँ दक्षिण एसियाली मुलुक श्रीलंकाका पर्यटक पनि तेस्रो स्थानमा रहने गरेको देखिन्छ । कोरोना महामारी (कोभिड-१९) पछिका दुई वर्षमा चाहिँ उत्तरी छिमेकी देश चीनका पर्यटक नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्यामा दुई स्थान तल झरेर चौथो स्थानमा रहेका थिए । बरु सन् २०२० मा त नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्यामा दोस्रो हुने देश म्यानमारका पर्यटक रहेका थिए भने । साथै सन् २०२१ मा चाहिँ नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्यामा हेर्दा अमेरिकी पर्यटकले दोस्रो स्थान लिएको देखिन्छ ।
संख्याको आधारमा नेपाल भ्रमण गर्ने पाँच देशका तथ्यांकबारेमा भन्नु पर्दा हालसम्म नेपाल आउने पाँच उत्कृष्ट देश (संख्याको आधारमा) को तथ्यांक हेर्दा क्रमशः भारत, चीन, अमेरिका, बेलायत, श्रीलंंका, थाईल्यान्ड, म्यानमार, बंगलादेशका पर्यटक ‘टप फाइभ’ भित्र पर्ने गरेका थिए । त्यस्तै अष्ट्रेलिया, जर्मनी, जापान, फ्रान्स, दक्षिण कोरियाका पर्यटक चाहिँ नेपाल भ्रमण गर्न आउने ‘टप टेन’ विदेशी पर्यटकमा दरिने गरेका छन् । तर, सन् २०१९ को अन्त्यतिर सुरु भएको कोरोना महामारीका कारण सन् २०२० र सन् २०२१ मा नेपालमा (दुई वर्षमा) जति पनि विदेशी पर्यटक नेपाल भ्रमणमा आए, त्यसमा भारतीय पर्यटकको संख्या ४० प्रतिशतभन्दा बढी रहेको थियो ।
हो, विगतमा नेपाल भ्रमणमा आउने उच्च पाँच देशभित्रका विदेशी पर्यटकका संख्या लामो समयसम्म पहिलो र दोस्रो स्थानमा भारत र चीन रहेका थिए भने बीचको दुई वर्षमा चीनले लिई रहेको दोस्रो स्थानको ठाउँ म्यानमार र अमेरिकाले लिएको छ । र, सन् २०२२ मा पनि अमेरिकी पर्यटकले नै दोस्रो स्थान लिने संभावना रहेको देखिन्छ । तर सन् २०२३ देखि चाहिँ भारत र चीन नै पहिलो र दोस्रो स्थानमा रहने छन् ।
हुन पनि चीनका सर्वसाधारण नागरिकले नेपालमा आधिकारिक रुपमा पर्यटकको रुपमा भ्रमण गर्नका लागि चीन सरकारबाट सन् २००३ देखि मात्रै अनुमति पाएका हुन् । किनभने चीन सरकारले आप्mनो देशका नागरिकलाई जुनसुकै देशमा पनि पर्यटक भएर जानका लागि ‘एपु्रभ्ड डेस्टिनेसन्स् स्टाटस’ लिनु पर्छ । यसरी चीन सरकारले एसिया महादेशका अन्य देश र युरोप, अमेरिकालगायतका देशमा पनि आप्mना देशका नागरिकहरुलाई पर्यटक भएर घुम्न जानका लागि सन् १९८० को दशकमा मात्रै ‘एपु्रभ्ड डेस्टिनेसन्स् स्टाटस’ दिन सुरु गरेको थियो ।
सन् २००३ मा चीन सरकारले आफ्नो देशका सर्वसाधारण नागरिकलाई पर्यटकको रुपमा नेपाल भ्रमण गर्ने अनुमति दिएपछि सो वर्ष सातहजार पाँचसय ६२ जना चिनियाँ पर्यटक नेपाल घुम्न आएका थिए । त्यसपछि नेपाल भ्रमण गर्न आउने चिनियाँ पर्यटकको संख्या लगातार बढेको-बढ्यै थियो । चाँडै नै चिनियाँ पर्यटक संख्यात्मक रुपमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्यामा दोस्रो नम्बरमा रहन सफल भएका थिए । यसरी नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक लगातार बढ्ने क्रममा सन् २०१३ मा एक लाख १३ हजार एकसय ७३ जना पुगेका थिए भने, सन् २०१४ मा एक लाख २३ हजार आठसय पाँच जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
यसरी संख्याको आधारमा हेर्दा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सन्दर्भमा भन्नु पर्दा हालसम्म नेपाल आउने पाँच उत्कृष्ट देश (संख्याको आधारमा) क्रमशः भारत, चीन, अमेरिका, बेलायत, श्रीलंका, थाईल्यान्ड, म्यानमारका पर्यटकहरु ‘टप फाइभ’ पर्ने गरेका छन् भने, म्यानमार, अष्ट्रेलिया, बंगलादेश, जर्मनी, जापान, फ्रान्स आदि देशका पर्यटकहरु नेपाल भ्रमण गर्न आउने ‘टप टेन’ विदेशी पर्यटकमा दरिने/पर्ने गरेका छन् ।
माथि उल्लेख गरिएका विदेशी पर्यटकमध्ये चिनियाँ, श्रीलंकन (सिलोन), थाई (स्याम), म्यानमा (बर्मा), बंगलादेश आदि देशका पर्यटक भनेका छोटो यात्रामा निक्लने र कम खर्च गर्ने खालका छन् । जस्तो चिनियाँ पर्यटक नेपालमा चार/पाँच दिनदेखि नौ/१० दिनसम्म बिताउने बढी देखिन्छ । तापनि चिनियाँ पर्यटकहरु नेपालमा ट्रेकिङ, र्याप्mटिङ, जंगल सफारी, बञ्जी जम्पिङ, प्याराग्लाइडिङ, जिप प्mलाईएर, साइक्लिङ, क्यानोइङ, बालुनिङ, कायाकिङ, माउन्टेन प्mदईट आदि पनि गर्ने भएकाले चिनियाँ पर्यटकबाट नेपालका टुर अपरेटर र ट्रेकिङ व्यवसायीहरुलाई आर्थिक रुपमा धेरै फाइदा हुने गरेको देखिन्छ । त्यसैले अब हामीले भारतीय, चिनियाँ, श्रीलंकन, थाई, म्यानमारी, बंगलादेशी पर्यटकमध्ये पनि डिलक्स, लक्जरियस र, सक्दो खर्च गर्न सक्ने र कम्तिमा आठ/दस दिनदेखि १४/१५ दिनसम्म नेपालमा समय बिताउने खालका पर्यटक धेरै भन्दा धेरै भित्र्याउने प्रयासमा लाग्नुपर्ने देखिन्छ ।
अरु देशका पर्यटकका बारेमा यसै भन्न नसकिए तापनि चिनियाँ पर्यटक ‘मक्खिचुस’ भने होइनन् । किनभने, केही वर्ष अघिदेखि (सन् २०१९ सम्म) संयुक्त राष्ट्र संघ सम्बद्ध संस्था युएन-डब्लुटीओ लगायत विश्व पर्यटनसँग सम्बन्धित संघ-संस्थाहरुले विभिन्न अध्ययन-अनुसन्धान गरेर निकालेको तथ्य-तथ्यांकमा चिनियाँ पर्यटकहरु पछिल्लो वर्ष विश्वकै धेरै खर्च गर्ने पर्यटकमा दरिएका थिए/छन् । साथै चिनियाँ पर्यटक संख्याको आधारमा पनि धेरै संख्यामा विश्व भ्रमणमा निक्लने र, पहिलो स्थान ओगट्ने पर्यटकका रुपमा दरिएका छन् । सायद पृथ्वीको अस्तित्व रहेसम्म ! यो क्रम रोकिने छैन् । अबका दिनमा चिनियाँ पर्यटकलाई ‘विश्व भ्रमण गर्ने धेरै पर्यटक संख्या र, धेरै खर्च गर्ने पर्यटक’का रुपमा अरु देशका पर्यटकले उछिन्न सक्ने संभावना छैन । तर, पनि अहिलेसम्म चालु रहेको कोरोना महामारीका कारण डाँवाडोल भएको विश्व अर्थतन्त्रले भने लय समात्नैपर्ने हुन्छ ।