रोङमा उद्योग वाणिज्य संघ

इलाम : इलामको रोङ गाउँपालिकामा उद्योग वाणिज्य संघको स्थापना भई संस्था दर्ता गरी कार्यालय स्थापा गरेको छ ।

हालै एक कार्यक्रम गरी सस्थाको कार्यालय स्थापना गरेको हो । रोङ गाउपालिका ३ स्थीत गाउँपालिका नजिकै कोठा भाडामा लिएर कार्यलय स्थापना गरेको तदर्थ समितिका सचिब डाइमण्ड तिम्सिनाले जानकारी दिए ।

यसैबिच रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङबो तामाङले गाउँपालिकाको विकासको लागि सरकारी क्षेत्र भन्दा नीजि क्षेत्र सक्रिय हुुनुपर्ने बताए । कार्यालय उद्घाटन तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तामाङले आफू पनि उद्योगी ब्यापारी भएको बताउदै ६०३४३८१९२ नम्बरमा भ्याटमा दर्ता गरेर आफूले ब्यवसाय गर्दै आएको सुनाउनु भयो । उहाले समाजमा व्यापारीहरुप्रति हेरिने दृष्टिकोण कमजोर भएको बताए । रोङमा स्थापना भएको उद्योग वाणिज्य संघले यो दृष्टिकोणमा सुधार ल्याउन अध्यक्ष तामाङले सुझाब दिएका छन् ।

कार्यक्रममा एमाले रोङका अध्यक्ष खड्ग आले मगर नेपाली काग्रेसका देवीप्रसाद अर्याल राप्रपाका मेघनाथ आचार्य, पाथीभरा साना पर्यटन ब्यवसायी समुहका उपाध्यक्ष दिनेश निरौला लगायतले शुभकामना मन्तब्य राखेका थिए । उद्योगी व्पायारी सुरक्षाकर्मी जनप्रतिनिधि सञ्चारकर्मी लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो । कार्यक्रम संघका अध्यक्ष नगेन्द्र राइको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसअघि नगेन्द्र राईको अध्यक्षतामा बनेको तथर्द समितिले बिधान बनाउने, सस्था दर्ता गर्ने पान नम्बर दिने लगायतको काम गरेको बताइएको छ । समितिको उपाध्यक्षमा अर्जुन ढकाल, सचिब डायमन्ड तिम्सिना, कोषाध्यक्ष सिता न्यौपाने रहेका छन् । त्यसैगरी सदस्यहरुमा कृष्ण श्रेष्ठ, मादब निरौला, द्रोण आचार्य, चिन्तामणि बराल, नन्द कुमार गुरुङ मेनुका भुजेल राई, भोला नाथ वाइबा शुष्मा ढकाल शर्मा र केदारनाथ अधिकारी रहेका छन् । त्यसैगरी रणबहादुर गुरुङ सल्लाहकार प्रमुखको रुपमा रहेका छन् ।

रोङको सबै वडामा सदस्यता बिस्तार गरेर संघलाई दरिलो बनाउने अध्यक्ष नगेन्द्र राईले बताए । गाउँपालिकाको राजस्व वृध्दि हुनमा उद्योग बाणिज्य संघले भुमिका खेल्ने अध्यक्ष राइले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार