इलाम : यस वर्षको दशैँ सबैको घर आगनमा भित्रिएको छ । हिन्दु नेपालीहरुले मान्यवरबाट टीका र जमरा तथा आशीर्वाद लिँदै दशैँ मनाउने तयारीमा जुटेका छन् । दसैँ भित्रिएसँगै कार्यक्षेत्रबाट घर फर्कनेहरुको चहल पहल निकै बढेको छ । रोजगारीको सिलसिला होस या त अध्ययनका लागि बाहिरिएका सबै जना यतिबेला दसैँ मनाउन घर फर्किन थालिसकेका हुन् । आवत जावत गर्नेहरुको चहल पहल बढेसँगै सडकहरुमा सवारी र यात्रुहरुको चाप बढेको छ ।
यता पर्वको समयमा यातायात व्यवसायीहरुले बढि भाडा लिएको गुनासो बढ्पछि इलाममा ट्राफिक प्रहरीले सकृयता बढाएको छ । ट्राफिक प्रहरीले अनुगमन गरेर बढि भाडा लिने सवारीको कारबाहि गर्ने योजनाका साथ सडकमा सवारी चेकजाचलाई चुस्त पारेको हो ।
ट्राफिक इलामले भर्खरै जारी गरिएको इलामको भाडादर कार्यान्यन गराउनको लागि रचनात्मक कामको सुरुवात समेत गरेको छ । ट्राफिकले मेची राजमार्गमा साथै ग्रामीण भेगमा चल्ने सबारीमा यात्रा गर्ने यात्रु स्यमलाई भाडा दर लेखिएको पर्चा उपलब्ध गराउने कामको सुरुवात बिहिबार बाट थालेको हो । नयाँ भाडादर सार्बजनिक भएपनि सार्बजनीक सवारीले मनपरी भाडा लिइरहेको तर प्रहरी प्रशासन मुखदर्शक बनिरहेको भन्दै आलोचना हुन थालेपछि इलाम ट्राफिकले यस्तो कार्य सुरु गरेको हो ।
भाडा दर लेखिएको पर्चा आज बिभिन्न स्थानमा टास गर्नुका साथै सवारीमा यात्रारत यात्रुलाई बितरण गरिएको हो । क्षमता भन्दा बढि यात्रु बोक्ने,सवारी नियम उलंघन गर्ने र यात्रुलाई ठग्नेलाई कारबाहि गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख शैलेन्द्र कुमार गच्छदारले बताए । उनले बढि भाडा लिएको भए तत्काल प्रहरीलाई खबर गर्न सबैलाई आग्रह समेत गरेका छन् । यातायात क्षेत्रमा अनियमीतता गर्नेहरुलाई सुरु सुरुमा सम्झाएर छाडिने गरेको भएपनि अब अनियमीतता गरेको पाईए कानुनी कारबाही गरिने उनले बताए ।
उता इलाम ट्राफिकले रचनात्मक कामको सुरुवात गरेको भन्दै यात्रुले समेत खुसी ब्यतm गरेका छन् । उनिहरुले यस्तो कार्यको थालनीले यात्रु स्यम समेत सचेत बन्ने भन्दै मन लाग्दी भाडा तिर्नु पर्ने समस्याको अन्तय हुने अपेक्षा समेत राखेका छन् । उनिहरुले सवारी चेक जाचलाई आखामा छारो हाल्ने काम मात्र नबनाएर यस्लाईे निरन्तरता दिनुपर्ने समेत बताए ।