इलाम : चाडपर्व नजिकिएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले सवारी चेक जाचलाई कडाई गरेको छ । जिल्लाभर नै ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन,शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले चाडपर्व लक्षित योजना बनाएर सवारी जाँच सुरुगरेको हो ।
चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनिकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउने उदेश्य राखेर चेकजाँचलाई कडाई गरिएको इलामका ट्राफिक प्रमुख शैलेन्द्र कुमार गच्छदारले जानकारी दिए । उनले तोकेको भाडा भन्दा बडि लिएको गुनासो आउन थालेपछि भादादर कार्यान्यन गराउनलाई समेत चेकजाचलाई कडाई गरिएको बताएका छन् । गच्छदारका अनुसार कोही यात्रुलाई तोकीएको भन्दा बडि भाडा असुलेमा प्रहरीलाई तुरुन्त खबर गर्न आग्रह समेत गरे । उनले बडि भाडा उठाउने सबारीलाई तरुन्तै कारबाही गरिने समेत बताए । ट्राफिक प्रहरी कार्यालय इलामका अनुसार इलाम सदरमुकामको बसपार्क एरिया, जिरो किमि, चुरेघाटी, फिक्कल,पशुपतिनगर । जोरकलस लगायत अन्य भीडभाड हुने स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको बताइएको छ ।
३ स्थानमा यात्रु सहायता कक्षहरु
चाडपर्वलाई लक्षित गरी जिल्लाका ३ स्थानमा यात्रु सहायता कक्षहरु सञ्चालन गरिएको छ । जिल्लाकाे सदरमुकाम इलाम बजार,फिक्कल र पशुपतिनगरमा स्थापना गरिएको हो । दशै तिहारमा यात्रुहरुलाई विभिन्न खाले समस्या पर्ने, असुरक्षित हुने, सामानहरु चोरी हुने, सवारीमा यात्रा गर्ने समस्या हुने भन्दै यस्ता समस्या समाधानका लागि इलाम ट्राफिक प्रहरीले सहायता कक्ष स्थापना गरिएको बताइएकाे छ ।
सबारीमा अनिवार्य भाडा दररेट टाँस गर्नुपर्ने
यात्रुले स्पष्ट देखिने गरी टिकट काउन्टर र सबारीमा अनिवार्य भाडा दररेट टाँस गर्नुपर्ने भएको छ । टिकट काट्ने व्यक्तिहरु तथा यातायातसँग सरोकार राख्ने व्यक्तिहरुको सहजै पहिचानका लागि परिचयपत्रको व्यवस्था हुनुपर्ने , सवारीमा प्राथमीक उपचारका सामाग्रीहरु राखिनुपर्ने र बमन थैलिको ब्यबस्था अनिबार्य हुनुपर्ने समेत बताइएको छ ।