लिएका लक्ष्य समयममा नै पुरा हुने गरि काम गर्न कर्मचारीलाई निर्देशन

 

इलाम: १ नम्बर प्रदेशका कृषि मन्त्री झलक बहादूर मगरले सरकारले लिएका लक्ष्य समयममा नै पुरा हुने गरि काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । कृषि ज्ञान केन्द्र इलामको कार्यालय निरिक्षण र बार्षिक कार्ययोजनाबारे जानकारी लिँदै मन्त्री मगरले स्थानीय तहसँग समन्वयमा चाँडो काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

इलाममा व्यवसायीक कृषि उपज उत्पादन र पशुपालन हुने भएकाले अर्गानिक उत्पादन गर्ने तर्फ ध्यान दिँदै कार्यक्रमहरु प्रस्ताव गर्न मन्त्री मगरले निर्देशन दिएका हुन् । कार्यक्रममा प्रदेश कृषि सचिव मेघनाथ तिमल्सिनाले बार्षिक रुपमा लक्ष्य लिएका कार्यक्रमहरु चाँडो कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले गत आर्थिक वर्षको प्रगति र चालु आर्थिक वर्षको कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार