पाँचथरः राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी पाँचथरको अध्यक्षमा कमल थपलिया निर्वाचित भएका छन् । पाँचथर सदरमुकाम फिदिममा सम्पन्न युवा संघको सातौँ जिल्ला अधिबेशनले थपलियाको अध्यक्षतामा ६३ सदस्यीय समिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा मदन लावती, सचिवमा सन्दिप नेम्वाङ, सह सचिवमा रितुवर्ण तुम्वापो र इश्वरी खरेल चयन भएका छन् । त्यस्तै गरी कोषाध्यक्षमा सरिता मगरलाई चयन गरिएको हो । अधिबेशनबाट सर्वसम्मत रुपमा समिति चयन गरिएको युवा संघले जनाएको छ ।