विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईज्यूको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङज्यूले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्य न्यायधिवक्तामा परिवर्तन राईलाई नियुक्त गरेका छन् ।
मुख्यन्यायधिवक्तामा राईलाई नियुक्त गरी प्रदेश प्रमुखज्यूको उपस्थितिमा उच्च अदालत विराटनगरका कायम मुकायम मुख्यन्यायधीश सत्यमोहन जोशी थारूले पद तथा गोपनियताको शपथग्रहण गराएका छन् ।
पूर्व मुख्यन्यायधिवक्ता भोजराज श्रेष्ठले राजिनामा दिएपछि राईलाई नियुक्त गरिएको हो । सपथग्रहण समारोहमा मुख्यमन्त्री राजेन्द्रकुमार राई, प्रदेश सभामुख माननीय प्रदिप भण्डारी, सामाजिक विकासमन्त्री राजनकुमार राईको उपस्थिति रहेको थियो ।