एकिकृत अखिल नेपाल शिक्षक संगठन पाँचथर अध्यक्षमा न्यौपाने निर्वाचित

  नयाँ बुलन्द  191 पटक हेरिएको

पाँचथर : एकिकृत अखिल नेपाल शिक्षक संगठन पाँचथर पाँचौ जिल्ला अधिवेशनबाट अध्यक्षमा छवि न्यौपाने निर्वचित भएका छन् ।

शनिबार भएको अधिवेशनले न्यौपानेको अध्यक्षमा २३ सदस्यीय समिति निर्वाचित गरेको छ ।

समितिका उपाध्यक्षमा नरेन्द्रराज केरुङ, सचिवमा छवि तिम्सिना, कोषाध्यक्षमा खेमनाथ खनाल निर्वाचित भएका छन् ।

सदस्यहरुमा हर्क राई, रत्न थाम्सुहाङ, राधा निरौला, महानन्द खतिवडा, कृष्णकला चापागाईं, लक्ष्मीकुमार नेम्बाङ, राजेन्द्र योङया, धरणीधर गजुरेल, मदन राई, नारायणप्रसाद नेम्बाङ,  लेखनाथ रिमाल,  तेजबहादुर साउदेन, वेदकुमार माङ्लाक, सञ्जिव निरौला, रामप्रसाद बाँस्कोटा, खगेन्द्र माखिम, खड्गबहादुर नेम्बाङ र हेमराज सापकोटा निर्चावित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार