प्रधानमन्त्री र मन्त्रीहरु चुनावमा जान नपाउने

  नयाँ बुलन्द
14 Shares


काठमाडौं । राजनीतिक दलहरुले निर्वाचन आयोगले अघि सारेका कतिपय निर्वाचन आचारसंहिताप्रति असहमति जनाएका छन् ।

आइतबार निर्वाचन आयोगमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणलगायत उपस्थित छलफलका क्रममा दलहरुले प्रधानमन्त्री र मन्त्रीहरु चुनाव प्रचारमा जान नपाउने, चुनाव प्रचारको अवधि र चुनाव खर्चको विषयमा असहमति जनाएका हुन । सत्तारुढ दलका प्रतिनिधिहरुले ती बूँदामा संशोधन गर्न भनेको तर निर्वाचन आचारसंहिता कार्यान्वयनमा भने सबै राजनीतिक दलका प्रतिनिधिहरुले प्रतिवद्धता जनाएको माओवादी नेता लीलामणि पोखरेलले जानकारी दिनुभयो ।

आयोगले समेत राजनीतिक दलहरुको सुझाव अनुसार कतिपय प्रावधानहरु परिवर्तन गर्न आयोग तयार रहेको बताएको छ ।

आयोगले छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दललाई बोलाएको थियो । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेद्वारले गर्न पाउने चुनावी खर्चबारे छलफल गर्न मंगलबार राजनीतिक दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको छ ।

निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भईसकेपनि कहिलेबाट लागु गर्ने भन्ने विषयमा आयोगले जानकारी गराएको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार