आदिवासी जनजाति विद्यार्थी महासंघ इलामको अध्यक्षमा वान्तवा निर्वाचित

इलाम : आदिवासी जनजाति विद्यार्थी महासंघ इलामको अध्यक्षमा नयन वान्तवा निर्वाचित भएका छन् । विहीबार भएको दोस्रो अधिवेशनबाट वान्तवा अध्यक्षमा निर्वाचित भएका छन् ।

अधिवेशनले ९ सदस्यीय जिल्ला समिति परिषद गठन गरेको छ । उपाध्यक्षमा संगिता जोशी, सचिवमा सञ्जिव बल तामाङ, सहसचिवमा विपना सुनुवार र कोषाध्यक्षमा निशा गुरुङ निर्वाचित भएका छन् ।

सदस्यहरुमा अतित योङहाङ, जीवन थामी, भावाना खपाङ्गी, पुजा यल्मो र साजन देवान निर्वाचित भएका छन् ।

निवर्तमान अध्यक्ष मानबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति माहासंघ इलामका उपाध्यक्ष दिपक गुरुङ,  आदिवासि जनजाति विद्यार्थी महासंघका केन्द्रीय उपाध्यक्ष जलन लिम्बू, आदिवासि जनजाति विद्यार्थी महासंघ इलामका सल्लाहकार किरण सुनुवार, मोहनसिंह थेवे, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामका अध्यक्ष राम योङहाङ,  आदिवासि जनजाति विद्यार्थी महासंघ इलामका पूर्व समिति इश्वरी तामाङलगायतले  मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार