केही समयअघि आएको समाचारअनुसार यो वर्षको दसैँको टीकाको साइत असोज १९ गते बिहान ११ः५१ बजे रहेको छ । हिन्दु धर्मालम्बीहरुले वर्षेपिच्छे मनाउँदै आएको महान चाड अर्थात् विसं २०७९ को बडा दसैँ पनि संघारमै आउँदै छ ।
विगत लामो समयदेखि दसैँ चाड हिन्दु धर्मालम्बीहरुको मात्रै हो कि ? सम्पूणर् नेपालीहरुको ? अनि वास्तवमा दसैँ कसको हो ? भनी अनेक खाले बहस, छलफल र तर्क बितर्कहरु भै नै रहेको छ । अझ आजभोलि त यसबारेमा भुइँ तहबाटै व्यापक रुपमा बहस र छलफल भैरहेको छ । साँच्चै दसैँ कसको चाड हो ? वा भनौं नेपालका कुनकुन जातजाति, समुदाय या वर्गहरुको चाड वा पर्व हो ? भनी विगतमा भन्दा बढ्तै अथवा भनौं सघन ढंगले छलफल र बहस चली रहेको देखिन्छ । जुन बहस र छलफललाई हामीले सकारात्मक ढंगले लिनुपर्ने हुन्छ । हुन पनि विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनाअनुसार नेपालमा १ सय २५ जातजाति, १ सय २३ भाषाभाषी र ९ धर्मालम्बीहरु रहेका छन् ।
यसरी हेर्दा दसैँ नेपालको कुनकुन जातजाति वा वर्गका मान्छेहरुको चाड वा पर्व हो ? किटेर यसै भन्न नसकिने भएको छ ! किनभने, कोही दसैँ चाड हिन्दुहरुको मात्रै हो भन्छन् । कोही कोही वास्तवमा दसैं हिन्दुहरुको चाड पनि होइन ! भन्छन् । जस्तै लेखक पदम श्रेष्ठले २ अक्टोबर २०१९ मा एक अनलाइनमा ‘दसैँ-तिहार हिन्दुहरुको चाड होइन’ शीर्षकमा विभिन्न उदाहरण, तथ्य र तर्कसहित एक लेख लेखेका थिए । उता १२ असोज २०७६ मा एक दैनिक पत्रिकामा डा.मदन रिमालले पनि ‘हिन्दुको मात्रै होइन दसैँ’ शीर्षकमा अर्को लेख लेखेका थिए । त्यस्तै एक ‘राई !’ सरलेचाहिँ ‘दसैँ किराती राई ! हरुको चाड’ भनी एक अनलाइनमा ‘अन्टसन्ट !’ लेख लेखेका थिए । यसरी हाल आएर दसैँ चाडबारे नेपालमा खुबै बहस र छलफल भैरहेको छ । दसैँ चाड क-कसको हो, क-कसको होइन ? भनी बहस र छलफल गर्ने क्रममा विभिन्न तथ्य, तर्क, प्रमाण, आधार, उदाहरण दिने वा भनौं प्रस्तुत गर्ने प्रयास पनि जारी नै छ । यस्तो बहस र छलफललाई एक हिसावले हामी सबैलै रामै्र मान्नुपर्ने हुन्छ ।
तर, खासखास तथ्य, प्रमाण, उदाहणहरु र परम्पराहरु हेर्दा दसैँ भनेको बिना कुनै धकचक हिन्दु धर्मालम्बीहरुको महान चाड हो ! भन्न सकिन्छ । जस्तै आर्य र खस समूहका मान्छेहरुले (खासगरी बाहुन क्षेत्रीहरुले) दशमीको दिन रातो रंगले मुसेको चामलको टिको लगाउँछन् भने, उनीहरु दशमीलाई ‘विजया दशमी !’ भन्छन् । जो नेपालका आदिवासी जनजतिहरु छन्, उनीहरुले वाध्यताले वा रहरले दसैँ मनाउँछन्, यसमा कुनै दुविधा छैन । किनभने, हिन्दुहरुले जस्तो आदिवासी जनजातिहरुले रातो टीका नलगाएर दहीले मुसेको ‘सेतो टिका !’ लगाउने गर्छन् । अझ नेपालका किराती कुलुङ, शेर्पा, तामाङ, ह्योल्मो, थकाली आदि जातजातिले त विगतदेखि नै दसैँ मनाउँदैन थिए/मनाउँदैनन् । त्यति मात्रै होइन, हिन्दु धर्मालम्बीहरुले मर्यादा पुरुष मान्ने गरिएको रामले रावणलाई मारेको तिथिमा (पहिलेपहिले गाउँघरमा चैते दसैं भन्ने गरिन्थ्यो । किनभने, चैत महिनामा सो दसैँ मान्ने गरिन्थ्यो) दसैँ मान्ने गरिन्थ्यो । अहिले पनि गाऊँघरमा सो तिथिलाई ‘चैते दसैँ’ नै भन्ने गरेको देखिन्छ ।
केही दशक अघिसम्म नेपालको राज्य संयन्त्र अन्तर्गग रहेको अर्थात् सरकारी सञ्चारमाध्यमहरु जस्तै रेडियो नेपाल, गोरखापत्र दैनिक, नेपाल टेलिभिजनमा ‘सम्पूणर् नेपालीहरुको मात्र महान चाड बडा दसैं !’ को अवसरमा हार्दिक मंगलमय शुभकमना व्यक्त गरिन्थ्यो । हुनत अभैm पनि केही अति हिन्दुवादी विचार राख्नेहरु ‘बौद्ध, किरात र हिन्दु एकै हुन्, उनीहरु ओम/ऊँमकार परिवारका हुन्, सनातन हिन्दु धर्मालम्बीहरु हुन् भन्छन् । तर, यदि त्यसो हो भने, किरातीहरुले किन आप्mनो पिता-पूर्खालाई ‘गाई-गोरु’को मासु चढाउँछन् ?, बौद्ध धर्मालम्बीहरु, किन काटमार नै गर्दैनन् ?, सनातन हिन्दु धर्म वा…हिन्दु धर्म भन्नेहरुले किन बलि चढाउँछन् ? सो बारेमा भने, उनीहरुले विस्तृतमा व्याख्या गर्ने गरेको देखिदैन । त्यस्तै धर्मको सवालमा कुरो गर्दा कसैले स्वीकार गरे पनि नगरे पनि नेपालमा क्रिश्चियन धर्मालम्बीहरुको पनि ठूलै संख्या रहेको छ । अब हामी आपैmले सोचौं त ! माथि उल्लेखित सबै धर्मालम्बीहरुको चाड वा पर्व बडा दसैँ हुन सक्ला ? यसले देशमा गणतन्त्र आएको, देश धर्म निरपेक्ष भएको संकेत गर्छ ? हुन पनि विसं २०७२ असोज ३ मा जारी भएको र, नेपाल र दक्षिण एसियाकका मात्रै नभएर विश्वकै उत्कृष्ट भनिएको संविधानमा ‘धर्म निरपेक्षता भन्नाले सनातनदेखि चली आएको…’ भनी ब्याख्या थप्नु वा भनौं प्रस्टीकरण दिनुको कारण हाल खुल्दै छ ।
विसं २०६२/०६३ मा जनताको बलमा भएको अभूतपूर्व राजनैतिक परिवर्तनपछि अब नेपाल राज्य केवल एकल हिन्दु जातिको मात्रै नभएर सबै जातजाति, भाषाभाषी, धार्मिक समूह आदिको पनि हो भन्ने वास्तविकतालाई आत्मसात गरेर त्यो बेलाको अन्तरिम संविधानमै नेपाललाई धर्म निरपेक्ष राष्ट्र भनी घोषित गरिएको थियो । तर, अभैm पनि राज्यस्तरमा गरिने विभिन्न कार्यक्रममा पाँचजना बाहुन (बटुक भनिन्छ होला) ! हरुलाई मात्रै मन्त्रोउच्चारण गर्न लगाईन्छ । त्यो पनि नेपालमा कुनै पनि जात वा जातिले मातृभाषाका रुपमा नबोल्ने संस्कृत भाषामा । के देश धर्म निरपेक्ष भएको प्रमाण यही हो त ? होइन भने, नेपालका अन्य धर्मालम्बीका प्रतिनिधिहरुलाई पनि बोलाएर, समावेश गरेर हरेक कार्यक्रममा गर्नुपर्यो । ! त्यसो गर्न सके नेपालका सबै धर्मालम्बीलाई समेटिएको देखिन्छ, समावेशी पनि देखिन्छ । राज्यको स्रोत, साधन, पहँुच र मिडिया जसको हातमा छ, उनीहरुले पनि हाम्रो देशमा संघीयता, समावेशीता, धर्म निरपेक्षता लगायत उत्पीडितहरुको पक्षमा खासै वकालत गरिदिँदैनन् । नेपालमा शुद्ध मनका विषय विज्ञ, विद्धान, प्रा.डा., विश्लेषक, लेखक, पत्रकार नै भेटिएनन्, छैनन् !?
जे होस्, दसैं-तिहार मात्रै होइन, जब पृथ्वीनारायण शाह र उनका भाइ भारदारले नेपालको भगौलिक एकीकरण गरेपछि पूर्वका किरातीहरुलाई फुटाएर छोटे राजा (प्रभावशाली व्यक्तिहरुलाई) सरह पदवी, पगरी दिएर राई, सुब्बा, मुखिया, देवान आदि पदहरु दिए । साथै हिन्दु धर्म अनुसारको कर्म गर्ने उर्दीसहित शासन थोपरे । तिनीहरुलाई (जो राई, सुब्बा, मुखिया, देवान आदि भए) लाई आफूहरुले पनि हिन्दु धर्म मान्नु पर्ने र, रैती अर्थात् ज्यमी, जमी वा जिमीहरुलाई पनि बडादसैंमा टीको-जमरो लगाईदिएर हिन्दु धर्म मान्नै पर्ने वाध्यतात्मक परिस्थिति सिर्जना गराईयो । यसको प्रमाणको रुपमा धेरै उदाहरणहरु दिन सकिन्छ । तर, यो पंक्तिकार लिम्बुको भाञ्जा र, हाम्रो मावली बाजे (हजुरबा) समेत सुब्बा भएकोले के देखेको थियो भने, नवमीको दिन बिहान बोकोको बलि दिएर मौलोको वरिपरि तीनफन्को घुमाईन्थ्यो । त्यसरी घुमाई सकेपछि सुब्बा अर्थात् बाजेले हत्तपत्त आफ्नो घरको भित्तोमा दुवै हात बोकाकोे रगतमा चोपलेर पञ्जा छाप लगाउनु हुन्थ्यो । बालापन न हो, हामीलाई कहिले दसैं आउला र नयाँ लुगा लगाउन पाईएला, टन्न मासु भात खान पाईएला, रोटेपिङ खेल्न पाईएला, बजार जान पाईएला र, रमाईलो गर्न पाईएला भन्ने मात्रै थियो, त्यो बेला । तर, काठमाण्डौ आएर केही बुझ्ने भएर गाउँ फर्कँदा (२०४६ को परिवर्तनपछिको कुरो हो ।) मैले मेरा सुब्बा बाजेलाई त्यो बेला दसैंमा किन त्यसो गरिन्थ्यो भनेर सोध्दा सुब्बा बाजे भन्नुहुन्थ्यो- ‘त्यसो नगरे त तेरो बाजेले उजुरी दिन्थ्यो नि त ।’ मेरो बाजे भनी सुब्बा बाजेले गरेको संकेत भने राज्यले खटाएको जोगी र पण्डितप्रति लक्षित थियो ।
त्यसैले नेपाल जस्तो १ सय २५ जातजाति, १ सय २३ भाषाभाषी र ९ धर्मालम्बी बसोबास गरेको देशमा हिन्दु धर्म नै राष्ट्रिय चाड हुन सक्छ कि सक्दैन ? व्यापक रुपमा बहस र छलफल हुनु पर्छ । साथै तीनै तह (स्थानीय, संघ र केन्द्र) मा बस्ने आदिवासी जनजाति लगायत जात जातिका मान्छेहरुले मान्ने र उनीहरुका चाडबाड, संस्कार-संस्कृतिलाई पनि राज्यका तीनै तहले राष्ट्रिय चाडको रुपमा मान्यता दिनुपर्ने हुन्छ ।
अझ जसले जति ठूलो स्वरमा जे भने तापनि दसैँ चाडको अवसरमा दसैँ आसपासको ३ महिनामा मात्रै मात्रै देशको वर्षभरिको सम्पूणर् आर्थिक कारोबरको आधा रकम बराबारको व्यापार हुने गरेको भनी सहयोगी ‘कारोबार दैनिक’मा गत तीन वर्षअघि नै एक खोजमूलक समाचार प्रकाशित भएको थियो । यसरी हेर्दा त्यसै दसैं-दसैँ भनिएको होइन, यसको ठूलो अर्थ राजनीतिक महत्व पनि रहेको छ । त्यसैले त यसलाई राजनीतिज्ञ, राजनीतिक दल, व्यापारी, धार्मिक समूहका मठाधीश सबैले आ-आप्mनो स्वार्थ अनूकुल प्रयोग गर्छन्, प्रचारप्रसार गर्ने गर्छन ।