इलाम : उच्च अदालत बार एसोसिएसन इलामको अध्यक्षमा उत्तम पौडेल निर्वाचित भएका छन् ।
शुक्रबा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा प्रतिष्पर्धी उम्मेद्वारलाई कृष्ण श्रेष्ठलाई २४ मतान्तरले पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । पौडेलले ३४ मत पाउँदा प्रतिष्पर्दी श्रेष्ठले १० मत मात्र पाएका थिए ।
उपाध्यक्षमा विद्या सापकोटाले ३२ प्राप्त गर्दै विजयी भइन् । प्रतिष्पर्दी भिम रिजालले १२ मत ल्याएका थिए ।
सचिवमा लोकबहादुर तामाङ, कोषाध्यक्षमा प्रदिप अधिकारी निर्वाचित भएका छन् । सदस्यहरुमा जसबहादुर लुंगेली, सुधिर बोहोरा, अशेष मगर, तीर्थराज खतिवडा र जीवन कोइराला निर्वाचित भएका छन् ।
केन्द्रिय पार्षदमा हिरन्य प्रसाद अधिकारी ४० मत, मणीराम निरौला ३३ मत र भाष्कर पोखरेलले ३२ मत सहित विजयी भएका छन् । तारानिधी घिमिरेले ११ मत मात्र पाएका छन् ।
अध्यक्ष सहित उपाध्यक्ष र केन्द्रीय पार्सद गरि तीन पदमा मात्र चुनाव भएको थियो । अन्य पदमा सर्वसहमत नेतृत्व चयन भएको हो ।
यस पटकको नेतृत्व चयनका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पिपिएलए) र डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) ले गठबन्धन गरेका थिए । श्रेष्ठ भने गणतान्त्रिक प्रगतीशिल कानुन व्यवसायी एसोसिएसन आरपिएलएबाट अध्यक्षमा मनोनयन दर्ता गराएका थिए ।
आगामी २ वर्षको लागि नयाँ नेतृत्व चयन भएको हो । निर्वाचनमा ६३ जना मतदाता थिए ।