पाँचथर : जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय सदस्य प्रविण नेम्बाङ, संघीय परिषद सदस्य मलिसा याक्थुङबा, तिलबिक्रम चेम्जोङ, केन्द्रीय लेखा समिति सदस्य डि.एम.आङदेम्बे लगायत ५४ जना नेताकार्यकर्ताले एकैसाथ पार्टी परित्याग गरेका छन् ।
पार्टी नेतृत्वमा स्वेच्छाचारिता हाबी भएको, संगठन निर्माणमा उदासिनता देखाएको र संगठनलाई बिसर्जनको बाटोतर्फ लगेको आरोप लगाउदै उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् । पार्टी परित्याग गर्नेमा पार्टीका केन्द्रीय परिषद समिति, प्रदेश समिति, लिम्बुवान राज्य समिति, जिल्ला र स्थानीय तहका नेताहरु छन् ।
नेपाली राजनीतिमा देखिएको बिकृति, बिसङ्गति, पहिचान बिरोधी हर्कत र असमावेशी चरित्रका बिरुद्ध अग्रमोर्चामा रहेर लडे पनि पार्टी नेतृत्वको असक्षमताका कारण जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट राजीनामा दिएको उनीहरुले बताएका छन् ।
हेर्नुहोस राजीनापत्र र राजीनामा दिनेहरुको सूची :