इलाम : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू मरब क्याम्पस कमिटीले आन्दोलनको घोषणा गरेको छ ।
क्याम्पसमा रहेका विद्यार्थीहरुको समस्यालाई लिएर क्यामपस प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएपनी कार्यानयन नभएको भन्दै सगठनले आन्दोलनको घोषणा गरेको हो ।सगठनले दबाद स्वरुप क्यामपस परिसरमा हस्ताक्षर संकलन कार्यक्रम गरेको छ ।
बिहानी समयमा क्याम्पस प्रशासन खोल्नुपर्ने, आय ब्यय सार्वजनिक गर्नु पर्ने, मास्टरमा विषयगत शिक्षकलेनै पढाइनुपर्ने, स्नातकतहका विद्यार्थीहरुलाई कोचिङ्ग कक्षा संचालन गर्नुपर्ने, करार शिक्षक पदपूर्तिको लागि प्रकाशित विज्ञापनको कर्मचारी छनौट कार्यविधि पुनारावलोकन लगायतका माग सहित क्यामपस प्रशासनलाई पटक पटक ध्यानाकर्षण पत्र बुझाउदा समेत वास्ता नगरेको भन्दै अनेरास्ववियू मरब क्याम्पस कमिटीले चरणबद्ध आन्दोलनको घोषणा गरेको अनेरास्ववियू जिल्ला कमिटी सचीव चेतन अधिकारीले जानकारी दिए ।
क्याम्पस कमिटीले घोषण गरेको चरणबद्ध आन्दोलनमा अनेरास्ववियू जिल्ला कमिटी इलामको पुर्ण समर्थन रहेको भन्दै अधिकारीले संगठनले राखेका मागहरु तत्काल समाधान गर्न क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएका छन ।
उनले भने ” हाम्रो सङ्गठनले राखेका माग पुरा नभए अझ सशक्त ढङ्गले आन्दोलन अघि बढ्ने छ । “