अन्धकार इलाम बजार

इलाम : इलाम नगरपालिका ७ कुल धार छेउमा दुई वर्ष अघि सोलर जडान गरिएको थियो । केही समय बल्यो पनि तर अहिले त्यहाँ पोल नै छैन । त्यहाँबाट उखेलेरै लगिएको छ । त्यस्तै नेपाल वाणी एफएम अगाडी पनि जडान गरिएको थियो  । त्यहाँको पोल उखेल्दै गर्दा रेडियोको टिमले देखेपछि पोल उखेलिएन तर त्यहाँ जडान भएको ब्याट्री छैन । लिन ठिङ्ग पोल मात्र छ । ई नपा ७ कै ओम शान्ति पछाडि राखिएको सोलर पनि दुई वटा भवनको बिचमा भित्र पट्टि राखेकाले थोरै मात्र उज्याले दिने गर्दथ्यो त्यो पनि अहिले बलेको छैन ।

ग्रिन भ्याली अगाडि जडान भएको सोलर पनि बल्न छाडिसकेको छ । यति मात्र होईन बजारका धेरै जसो सोलर बत्ती बलेका छैनन् । बल्दै गरेको सोलर पनि छोटो समयमा नै निभ्ने गर्छन् । रातिको समयमा पनि बजारमा उज्यालो होस भन्ने उद्देश्यले जडान गरिएका सोलर मर्मत नहुँदा जीर्ण वनेका छन । इलाम नगरपालिका ७ का गोपाल पौड्याल कुल धारामा जडान गरेको बत्ती अलिक समय त बल्यो तर केही दिनमा बल्न छोड्यो र  हेर्दा पोलै नभएको बताउँछन ।

अघिल्लो कार्यकालमै वडाध्यक्ष नरेश श्रेष्ठलाई कुरा गर्दा अर्को आउँछ त्यहाँ भनेर भनेका अहिले न आएको पौड्याल बताउँछन् । यता वडाध्यक्ष नरेश श्रेष्ठ कुल धारामा जडान गरिएको सोलरको पोलको प्यानलमा घामले नभेटेर बल्न छाडेपछि त्यहाँबाट अर्को ठाउँ सारिएको बताउँछन् । इलाम बजारमा पाँच वर्ष अघि सहरी विकास तथा भवन कार्यालय मार्फत बजारमा सोलर जडान गरिएको थियो । तर ती सोलर बत्तीको मर्मत नहुँदा जीर्ण बन्न थालेका छन । जडान गरेको कम्पनीले निश्चित समय सम्म मर्मत गर्नुपर्ने सम्झौतामा हुन्छ । रातिको समयमा पनि बजारमा हिँड्न समस्या नहोस् र अप्रिय घटना नघटुन् भनेर बत्ती जडान गरे पनि मर्मत नहुँदा जोखिम बढेको पाइन्छ ।

इलाम नगरपालिकाका सूचना अधिकारी राम शाह तीन वटा कम्पनीले बत्ती जडान गरेका छन । त्यसमा सुरुमा जडान गरेको कम्पनीको पाँच वर्ष भैसकेको कारण मर्मत गरेको छैन । अरू दुई वटा कम्पनीले भने मर्मत गरिरहेको बताउँछन् । सोलर बत्ती मर्मत गर्नका लागि कार्यालयले ताकेता गरिरहेको शाहको भनाई छ ।  सोलर बत्तीका लागि सिप्रदी प्रा.ली, सौर्य इनर्जी चाहा विल र उज्यालो ऊर्जा प्रा.ली बालाजु काठमाण्डौका काम गरेका छन । मर्मतका लागि नगरपालिकाले पटक पटक पत्राचार गरिसकेको जनाएको छ ।

इलाम बजार मात्र होईन बजार नजिकै रहेको चियाबारी क्षेत्रमा जडान गरिएका बत्ती पनि बल्न छाडेका छन भने नगरपालिका क्षेत्र भित्र पर्ने विव्ल्याँटे, पुवा खोला, नेपाल टार, माई खोला, भन्ज्याङ, जस्विरे र आसपासका क्षेत्रमा जडान गरीका बत्ती पनि ठाउँ ओगट्ने मात्र बनेका छन । सोलर राखिएपछि बेलाबेलामा प्लेट सफा गर्नुका साथै ब्याट्रीमा एसिड पानी हाल्नुपर्छ । तब ब्याट्री चार्ज भई बत्ती बल्ने गर्छ । तर मर्मत नहुँदा इलाम बजारका बत्ती बल्न छाडेका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार