इमान्दारिताका साथ खेल खेले भविष्य उज्वल बन्नेछ : मेयर थापा

इलाम : इलाम नगरपालिकाका प्रमुख केदार थापाले इमान्दारिताका साथ खेल खेले भविष्य उज्वल रहेको धारणा ब्यक्त गरेका छन्  । साेमबार इलाम सदरमुकाममा ९ औ राष्ट्रिय खेलकुदका लागि प्रदेश छनौटमा इलामबाट सहभागि हुने विभिन्न खेलका खेलाडीहरुहरुलाई बिदाई कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन । प्रमुख थापाले खेलकुदको विकासमा आफु सँधै लाग्ने समेत बताएका छन् ।

छनौट भएका खेलाडीहरुलाई इलाम नगरपालिकाका प्रमुख केदार थापा, जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख दिलिप घिमिरे, इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलाल, इनपा-९ का वडाध्यक्ष गोपाल चौहान, समाजसेवी हुकुम थेवे लगायतले खेलाडीहरुलाई उच्च मनोवलका साथ खेल खेल्न आग्रह गरेका थिए ।

कार्यक्रमका बक्ताहरुले इलाममा बहुउद्देशीय कभर्डहल नभएका कारण अझैपनि सानो टुँडिखेल र त्यहाँ रहेको मिनि कर्भड हलमा अभ्यास गरिरहनु परेको भन्दै इलाम नगरपालिकालाई ध्यानाकर्षण गराएका थिए ।

इलामबाट बुद्धिचाल तर्फ सबैभन्दा कम खेलाडी पुरुष दुई र महिला तथा साइक्लिङ विधा तर्फ ३ जना पुरुष र १ महिला राइडर छनौट गरिएको थियो । सबैभन्दा वढि खेलाडी फूटबल खेलबाट छनौट गरिएको छ । फुटबलमा पुरुष र महिलाका १६÷१६ खेलाडी छनौट गरिएको छ ।

सुनसरीको धरानमा २९ गतेबाट हुने खेलका लागि इलाम बाट फूटवल, भलिबल, रग्बी, कराते, साइक्लिङ, व्याडमिन्टन लगायत गरि १७ खेलबाट दुई सय ७९ जना खेलाडी छनौट गरिएको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाको अध्यक्षतामा विदाई कार्यक्रम गरिएको हो ।

प्रदेश छनौटमा सहभागि हुने इलामका खेलाडीहरुको बिदाई

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार