म्याङलुङ नगरपालिकाले राजनैतिक पुर्वाग्रह राखि कर्मचारीलाई दुःख दिने गरेको गुनासो ।

म्याङलुङ नगरपालिकाले राजनैतिक पुर्वाग्रह राखेर कर्मचारीहरुलाई दुःख दिने गरेको निजामती कर्मचारीहरुले गुनासो गरेका छन् ।

तेह्रथुम, २७ भदौ ।
म्याङलुङ नगरपालिकाले राजनैतिक पुर्वाग्रह राखेर कर्मचारीहरुलाई दुःख दिने गरेको निजामती कर्मचारीहरुले गुनासो गरेका छन् । नगरपालिकाले मनोपोली हिसावले स्थाई कर्मचारीहरुलाई अनावश्यक सुरुवा गर्ने,वदनियतपुर्ण जताभावी हेरफेर गरि कर्मचारीहरुमा आतंक सिर्जना गरेको भन्दै नेपाल निजामती कर्मचारी यूनियन तेह्रथुमले एक प्रेश बिज्ञप्ती आईतबार निकालेको छ ।
निजामती कर्मचारी यूनियन तेह्रथुमका अध्यक्ष सन्देश नेपाल लगायत उपाध्यक्ष,कोषाध्यष,सचिव र सहसचिव द्धारा हस्ताक्षरित बिज्ञप्तीमा म्याङलुङ नगरपालिकाले राजनितिक आस्थाका कारण कर्मचारीको मनोवल गिराउने,निराश,हतोत्सारी र आतंकित बनाई क्षणिक एवं निहित स्वार्थ पुरा गर्न माग र आवश्यकता बिना नै जिम्मेवारी हेरफेर गर्ने, करार सेवामा रहेका कर्मचारीहरुलाई आस्था नमिलेको आरोप लगाउदै पदबाट बर्खास्त गर्ने गरेको बिज्ञप्तीमा भनिएको छ ।

नगरपालिकाले व्यक्तीगत राजनिती अभिष्ट पुरा गर्न सकिन्छ भन्ने मनसाय राखि कर्मचारीहरुलाई कानुन बिपरित काम गर्न दबाव दिने, नगरपालिकाको कतिपय शाखाहरुमा बर्षौदेखी एउटै कर्मचारी राखी आर्थिक चलखेल गर्ने गरेको निजामती कर्मचारी यूनियन तेह्रथुमले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

यस्ता क्रियाकलाप बाट जनतामा प्रवाह हुने सेवामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा नकरात्मक प्रभाव पार्ने निष्कर्ष निकाल्दै निजामती कर्मचारी यूनियन तेह्रथुमले यस्ता गैर जिम्मेवारपुर्ण कार्य तत्काल रोखी बिधीको शासन पुर्नस्थापना गर्न म्याङलुङ नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । यस्ता गतिविधी तत्काल नरोकिए बिद्यमान कानुनको परिधीमा रहेर निजामती कर्मचारी यूनियन तेह्रथुम जस्तोसुकै कठोर कदम चाल्न समेत बाध्य हुने भनिएको छ ।

निजामती कर्मचारी यूनियन तेह्रथुमको प्रेश बिज्ञप्ती :-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार