इलाम : आसन्न ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस (विपी) इलामले पनि प्रत्यक्ष तर्फका उम्मेद्वार चयन गरेको छ ।
कांग्रेस (विपी) ले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रत्यक्षतर्फ संघीय सांसदका लागि दुवै निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि दुई स्थानमा उम्मेद्वार चयन गरेको जनाएको छ ।
कांग्रेस (विपी) ले संघीय निर्वाचन क्षेत्र नम्बर १ मा पार्टीका जिल्ला सभापति डाकप्रसाद गौतम र क्षेत्र नम्बर २ मा सुर्य साउदेनलाई उम्मेद्वार बनाउने भएको छ । त्यस्तै प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर १ (क) मा बालकृष्ण गुरुङ र क्षेत्र नम्बर २ (क) मा विमला घिमिरेलाई उम्मेद्वार चयन गरेको छ ।
सो पार्टीले समानुपातिकतर्फ भने उम्मेद्वार चयन गरेको छैन ।
कांग्रेस विपीको निर्वाचन चिन्ह करुवा रहेको छ ।