लगभग चार वर्षको अवधिमा पनि आप्mनो नाम जुराउन नसकी एक नम्बर प्रदेशको कार्यकाल सकिन आाँटेको छ । यसरी नाम जुराउन नसकेको एक नम्बर प्रदेशको नाम के जुराउने ? भन्ने सम्बन्धमा अन्तिम अवस्थामा जमेर बहस र छलफल भएको थियो । तर, दुःखको कुरो प्रदेश नम्बर एकले आप्mनो नाम नजुराईकनै सो बहस र छलफल मत्थर भएको छ । आउँदो मंसिरमा हुने आम निर्वाचनभन्दा अघिसम्मका लागि यो बहस र छलफल स्थगित भएको मान्नुपर्ने हुन्छ, हामी सबैले ।
बहस र छलफल गर्ने क्रममा एक नम्बर प्रदेशको नाम कुनै हालतमा पनि जातीय पहिचानको आधार हुनु हुँदैन भन्ने पक्षले ‘अरुण, बरुण, सुनकोसी, अरुण–कोसी, कोसी–किरात, किरात–कोसी, सगरमाथा–किरात, किरात–सगरमाथा, सुनकोसी–सगरमाथा, मेची–कोसी–सगरमाथा, कन्काई, पाथीभरा, हनुमाननगर, पूर्वाञ्चल, विराट’ विजयपुर आदि नाम राख्नुपर्ने भनी वकालत गरेका थिए भने, अर्को पक्षले ‘लिम्बुवान’, ‘खम्बुवान’, ‘किरात–खम्बुवान’, ‘किरात–लिम्बुवान’ ‘किरात–लिम्बुवान–कोचिला’ वा कोचिला’ अथवा ‘किरात’ नाम राख्नुपर्ने भनी आवाज उठाएका थिए । तर, एक नम्बर प्रदेशको नाम पहिचानसहितको हुनुपर्ने अर्थात् ‘लिम्बुवान’, ‘खम्बुवान’, ‘किरात–खम्बुवान’, ‘किरात–लिम्बुवान’ ‘किरात–लिम्बुवान–कोचिला’ वा कोचिला’ अथवा ‘किरात’ राख्नुपर्ने भन्नेहरुको भनाइ अथवा भनौं आवाज साह्रै मसिनो स्वरमा सुनिन्थो । त्यसो हुनुमा नेपालका मूलधारका र ठूला भनिने मिडियाहरुले पहिचान पक्षधरको भनाइलाई खुलेर प्रचार प्रसार नगरिदिनु नै रहेको देखन्थ्यो, देखिन्छ ।
हुन पनि प्रदेश नम्बर एकको नाम लिम्बुवान’, ‘खम्बुवान’, ‘किरात–खम्बुवान’, ‘किरात–लिम्बुवान’ ‘किरात–लिम्बुवान–कोचिला’ वा कोचिला’ राख्दा सुन्ने बित्तिकै, पढ्ने बित्तिकै जातीय नाम जस्तो देखिने भएकाले गर्दा ‘किरात’ नाम नै एक मात्र विकल्प रहेको देखिन्छ । किनभने, ‘किरात’ भन्नाले केवल एक जाति नाम मात्रै नभएर इतिहास हो, सभ्यता हो, धर्म हो, भूगोल हो, महाजाति पनि हो । त्यस्तै किरात शब्द प्राचीन धर्म–ग्रन्थहरुमै पनि प्रशस्तै उल्लेख भएको पाईन्छ । त्यसैले प्रदेश नम्बर एकको नाम ‘किरात’ राख्दा केवल एक जाति ‘किरात’लाई मात्रै स्वीकार गरेको नदेखिएर प्राचीन इतिहास, प्राचीन सभ्यता, प्राचीन धर्म, भूगोल, प्राचीन महाजाति आदिलाई पनि स्वीकारेको ठहर्छ । किरातीहरु अहिले आएर त माथि उल्लेख गरिएभैmँ एक जाति मात्रै नभएर महाजाति नै भई सकेका छन् । किनभने, अहिलेसम्म आई पुग्दा किरात महाजातिभित्रै धेरै जाति र उपजातिहरु विकशित भई सकेका छन् । जस्तो, नेपालमा आपूmलाई किरात वा किराती भनी दावी गर्ने जातिहरु तीन दर्जनभन्दा बढी जातिहरु रहेका छन् । जस्तै “आठपहरिया, कुलुङ, खालिङ, चाम्लिङ, जिरेल, जेरो, थामी, थुलुङ, धिमाल, बान्तावा, बाहिङ, मेवाहाङ, याक्खा, याम्फु, लिम्बु, लोहोरुङ, साम्पाङ, सुनुवार, सुरेल, हायु” आदिले आपूmलाई किरात वा किराती भनी चिनाउँछन् ।
अर्को भनेको ‘किरात सभ्यता’लाई प्रायः सबै इतिहासकार तथा लेखकहरुले पनि विश्वकै सबैभन्दा पूरानो सभ्यता र व्यापक रुपमा पैmलिएको सभ्यतामध्ये एक मान्ने गर्छन् । किरात वा किरातीहरु हजारौं वर्षअघि ब्रह्मपुत्र तथा गंगा (गोङवा) नदी र यसका शाखा नदी आसपास विकास भएको मानिन्छ । किरातीहरुले सुरुमा एसिया महादेशको दक्षिण एसिया, दक्षिणपूर्व एसिया, मध्य एसियामा आवाद गरेका थिए । त्यस्तै कस्मिरपूर्व, कामरुप, भुटान हँुदै मानसरोवरको दक्षिण–पश्चिमसम्म, ब्रह्मपुत्र नदीको किनारदेखि सरयु नदीको किनारसम्म, मानसरोवरदेखि चीनसम्म, नवदेशदेखि महाचीनसम्म किरातहरु विस्तारित थिए भन्ने इतिहासकारहरुको भनाइ रहेको छ । किरातीहरुको ऐतिहासिकता तथा चर्चा–परिर्चा संस्कृत साहित्यहरु जस्तै अथर्व वेद, वाल्मिकि रामायण र महाभारत (किराती राजाहरु र जनताहरुको) उल्लेख गरेको पाइन्छ । त्यस्तै प्राचीन संस्कृत साहित्यहरु ऋग्वेद, पुराण, स्मृति, काव्य, कथा, कविता, तथा विभिन्न खोज, अनुसन्धान र विभिन्न अभिलेखहरुमा पनि किरात जाति किरात सभ्यताको उल्लेख गरेको वा भनौ उल्लेख रहेको पाइन्छ । बौद्ध साहित्य, जैन साहित्य, इसाई धर्म, इस्लाम धर्मलगायत विभिन्न धर्म ग्रन्थहरु र प्राचीन वास्तुकला, शिल्पकला, लोक सहित्य, मिथक, लोककला, चित्रकलाहरुमा पनि किरात, किराती र किरात सभ्यताका बारेमा प्रशस्तै चर्चा–परिचर्चा गरिएको पाइन्छ । त्यसैले यही कार्यकालमा एक नम्बर प्रदेशका सबै माननीय ज्युहरुले ‘किरात’लाई केवल एक जाति नाम मात्रै नसम्झेर ‘प्राचीन इतिहास, भूगोल, सभ्यता, धर्म, महाजाति’ आदि पनि हो भन्ने सम्झेर दुई तिहाई मात्रै होइन, सिंगो संसदले एक मतले पारित गरेको भए ‘सुनमा सुगन्ध’ हुने थियो, दुःखको कुरो त्यस्तो हुन सकेन । अन्ततः किरात नाम नै भड्खालोमा जाने हो कि ? भन्ने देखिएको छ ।
किरात वा किरातीहरुका वंशावलीको सन्दर्भमा भन्नु पर्दा गोपाल राज वंशावलीअनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावलीअनुसार २९ पुस्ता, भारतका अनुसन्धानकर्ता तथा लेखक जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावलीअनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशन अनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नाचार्यका अनुसार २८ पुस्ता र ‘सुब्बा’ प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता एवम् भुपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराती राजाहरुले काठमाडौ उपत्यकामा राज्य चलाएका थिए । भनिन्छ, यसबाहेक पनि एसियाको विभिन्न क्षेत्रहरुमा किरातीहरुले शासन चलाई आएका थिए । यसरी कुनै वेला एसियाको ठूलो भू–भागमा फैलिएको किरातीहरु पछि गएर बाह्य क्षेत्रबाट आएका मानिसहरुको हस्तक्षेप एवम् उपनिवेशीकरणका कारण किरातीहरु विस्थापित हँुदै र आफ्नो जिमी–भूमिको साथै आप्mनो जातीय स्वपहिचानसमेत गुमाउँदै सीमित भू–क्षेत्रमा मात्रै बाँकी रहेका छन् । निश्चय नै किरातभित्र ठूलो बगाल वा भनौं समूह रहँदै आएको भए तापनि अहिले आएर दक्षिण एसियाको पनि सगरमाथा (चोमोलुङमा) क्षेत्र (हालको नेपालको पूर्वी भागको एक नम्बर प्रदेशका केही जिल्लामा मात्रै आपूmलाई किरात वा किराती भन्नेहरुको वसोवास रहेको छ । यसरी सानो भू–भागमा मात्रै आपूmलाई प्रस्ट रुपमा किराती भनी चिनाउँने जातिहरु बाँकी रहेका छन् । कालान्तरमा उनीहरुले नेपालको भगौलिक एकीकरण भएसँगै आप्mना पिता–पूर्खाहरुले स्थानयीस्तरमा शासन गर्न नियुक्त हुँदा पाएको ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ पद, पदवी वा पगरीलाई नै जात वा जाति मान्न थाले । सोही कारण आप्mनो वास्तविक पहिचान के हो ? भन्ने बिर्सिँदै उनीहरुले जानाजानी वा अरुको दवाव अथवा प्रभावमा परेर आप्mनो नाम वा समुदायलाई चिनाउँदा “–‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ ।” भनी लेखाउन÷चिनाउन थाले । त्यसो हुँदा अहिले आएर ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’‘करण’सँगै उनीहरुको असली किराती पहिचानसमेत लोप हुन आँटेको छ ।
आशा गरौं, सन्निकट (आगामी मंसिर ४ गते) आउन लागेको संघ र प्रदेशको निर्वाचनमा किरात प्रदेश नाम स्वीकार्न सक्ने विशाल ह्रदयका माननीयहरुनिर्वाचित भएर आउन सकून । सोही वर्षको हिउँदे अधिवेशनमा एक नम्बर प्रदेशका सबै राजनैतिक दलका माननीयहरुले ‘किरात प्रदेश’ नामका लागि एक ढीक्का भएर लागून्, एकमतले पारित गरुन् । त्यस्तै यस कार्य (किरात प्रदेश नाम पारित्यसका लागि विभिन्न राजनैतिक दलका हाई कमाण्डका नेता ज्युहरुले पनि विगतका तिक्ततालाई बिर्सेर ‘किरात प्रदेश’का लागि सहमति दिनुहुने छ ।