माछापुच्छ्रे हिमालः अब चढ्न दिऊँ ?

  निनाम लोवात्ती
35 Shares

हो, अभैm पनि नेपालमा धेरै हिमालहरु पर्वतारोहीहरुका लागि आरोहण गर्न नपाउने गरी निषेध गरिएका छन् । नेपपाल सरकारले त्यसरी पर्वतारोहीहरुका लागि आरोहण गर्न निषेध गरिएका हिमालहरु मध्ये एक हो, ‘–माछापुच्छ्रे्र हिमाल ।’ जुन हिमालको उचाई ६,९९३ मिटर रहेको छ । नेपालको वर्तमान भगौलिक विभाजनअनुसार गण्डकी प्रदेश कास्की जिल्लाको माछापुच्छ्रे्र गाउँपालिकामा पर्छ ‘–माछापुच्छ्रे ।’ सो हिमाललाई अंग्रेजी भाषामा फिसटेल र म्याटर्न हर्न पनि भन्ने गरिन्छ । त्यस्तै विकिपेडियाअनुसार स्थानीय गुरुङ आदिवासीले ‘कतासुँ क्लिको’ भन्ने गर्छन् ।

मुख्य प्रश्न के छ भने, माछापुच्छ्र्रे्र आरोहण गर्न सुरुदेखि नै नेपाल सरकारले निषेधित गरेको थियो ? तर, बुभ्mदै जाँदा त्यसो होइन रहेछ । सन् १९५६ मै माछापुच्छ्र्र्रे आरोहण गर्नका लागि बाटो खोज्ने काम बेलायती पर्वतारोही टोलीले गरेका थिए । स्रोतः डाक्टर हर्क गुरुङद्धारा लिखित विषय विविध पाना–८६ । सो टोलीले बाटो खोज्दै (बाटो पत्ता लगाउन)  जाने क्रममा ‘पञ्चेनीवराह’ नजिकको तोमोँखर्कभन्दा माथि दलित जातका मानिस, कुखुरा र सुँगुरको मासु आदि लैजान नपाउने बन्देजबारे थाहा भयो । त्यसैकारण सोभन्दा माथिका ठाउँलाई ‘अन्नपूर्ण सेङचुरी’ नामाकरण गरे, बेलायती टोलीले । गुरुङले लेखेअनुसार सोही बेलायती टोलीले नै सन् १९५७ मा माछापुच्छ्रे्र आरोहणका लागि प्रयास गर्यो । सो बेलायती पर्वतारोही टोली माछापुच्छ्र्रे हिमालको चुचुरोभन्दा केवल ४५ मिटरमुनी पुग्दा हिमपात भएका कारण असफल भयो । सो आरोहण टोलीका नेता कर्नेल जिमी रोबर्ट काठमाण्डौस्थित बेलायती राजदूतावासमा कार्यरत कूटनीतिज्ञ हुनुका साथै पदयात्रा उद्यमका अगुवा पनि थिए । त्यसैले आपूmले चढ्न नसकेको चुलीमा अरु नगए हुन्थ्यो भन्ने उनको व्यक्तिगत भावना हुनु स्वाभाविक हो, जुन सो टोलीका सदस्य पर्वतारोही कवि विल्फ्रिड नोयशको किताब ‘क्लाईम्बिङ दि फिसेज टेल (सन् १९५८)’ बाट प्रस्ट हुन्छ । आपूmले माया गर्ने चुलीलाई चोखो राख्ने उनको चाहनाले त्यस बेलाको नियमलाई प्रभावित पार्यो ।’ भनी डाक्टर हर्क गुरुङले थप लेखेका छन् ।

त्यस्तै सन् १९८३ मा तत्कालीन श्री ५ को सरकारले गठन गरेको विदेशी नामाकरण भएका हिम चुलीहरुको नेपाली नामाकरण गर्ने समितिको संयोजक डाक्टर गुरुङ स्वयम् रहेका थिए । गुरुङले थप लेखेका छन्, ‘सन् १९८३ मा विदेशी नाउँ भएका चुलीको नेपाली नामाकरण गर्ने समितिको संयोजकको रुपमा म मोदीखोलाका गाउँहरु घुमेँ । हिमचुलीको स्थानीय नाउँ त फेला परेन, तर अन्य सांस्कृतिक तथ्य पत्ता लागे ।’

माछापुच्छ्रे निषेधित भएको धेरैपछि सन् २००१ मा राष्ट्रिय समाचार समिति (रासस) ले ‘माछापुच्छ्रे विवाद’ शीर्षकमा पोखरावासीहरुको विचारलाई समेटेर एक समाचार बनाएको थियो । सो समाचारमा अधिकांश पोखरावासीहरुले माछापुच्छ्रे हिमाल सुन्दर र पवित्र भएको हुनाले खोलिनु हुन्न भनेका थिए भने केहीले अध्ययन गर्नु पर्छ र केहीले सम्बन्धित गाविसको विचार (धारणा) बुभ्mनु पर्छ भनेका थिए ।

कुनै हिमाल, स्थान वा स्थलहरु पवित्र र सुन्दर हुँदैमा त्यहाँ जानै हुँदैन, टेक्नै हुँदैन भन्नु पनि तर्क संगत र न्याय संगत नहोला कि ? अझ त्यसो भन्नु आजको जमानामा अव्यवहारिक नै पो हो कि ? के भनिन्छ भने, कुनै पनि हिमाल आरोहणको आकर्षण भनेकै जो सुकै पर्वतारोहीका लागि त्यो हिमाल कति सुन्दर छ, कति आकर्षक छ, चढ्नका लागि कति अप्ठ्यारो छ, प्राविधिक ज्ञान कति आवश्य छ, कति उचाईको छ, हालसम्म कति पर्वतारोहीले चढे ? भन्नेमा रहेको हुन्छ ।

त्यसो पछिल्लोपटक गण्डकी प्रदेश सरकार र स्थानीय सरकारले माछापुच्छ्रेलाई पर्वतारोहीमाझ आरोहणका लागि अनुमति दिनुपर्ने÷खोल्नुपर्ने भनी केन्द्रीय सरकारलाई आप्mनो राय÷सुझाव दिई सकेको माछापुच्छ्रे गाउँपालिका स्रोतले बताएको छ । नेपाली समाज लगभग ७० वर्षअघिको भन्दा धेरै फरक सोच्ने र बुभ्mने भई सकेका छन् । जो कोही पोखरेलीसँग माछापुच्छ्रेलाई निषेधित राखी राख्नु ठीक होला कि, आरोहणका लागि खुल्ला गर्नु ठीक होला ? भनी प्रश्न गरेमा, बहस र छलफल चलाएमा विरलै पोखरेलीले मात्रै ‘माछापुच्छ्रे हिमाललाई अभैm पनि निषेधित नै राखौं, किनभने माछापुच्छ्रे हिमाल पवित्र छ !’ भन्दा हुन् ।

केन्द्रीय सरकारले जति सक्दो चाँडो माछापुच्छ्रेलाई विश्वभरिका पर्वतारोहण प्रेमीका लागि खुल्ला गरेको घोषणा गरोस् । भन्ने नै हो भने, माछापुच्छ्रे हिमाल गण्डकी प्रदेशको विकासको ढोका खोल्न सक्ने संभावना बोकेको हिमाल  हो । किभने, माछापुच्छ्र्रे हिमाल अन्य हिमाल हेरी केही सुगम स्थानमा छ, आकर्षक रहेको छ, अति सुन्दर छ । उचाई पनि न धेरै अग्लो न धेरै होचो, ठिक्कको छ । अझ महत्वपूर्ण कुरो यो हिमाल हालसम्म कसैले नचढेको कुमारी अर्थात् भर्जिन छ !? यातायातको दृष्टिले पनि सुगम नै रहेको छ । गाउँ–वस्तीबाट पनि नजिक रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार